Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

एक हप्तापछि सञ्चालनमा आयो बेनी-दरवाङ सडक

एक हप्तापछि सञ्चालनमा आयो बेनी-दरवाङ सडक
A A+ A-

काठमाडौं: म्याग्दीको पश्चिमी भेगका तीन स्थानीय तहलाई सदरमुकाम बेनीसँग जोड्ने बेनी-दरवाङ सडक एक हप्तापछि सञ्चालनमा आएको छ। बेनी नगरपालिका-४ र मङ्गला गाउँपालिका-२ को सिमानामा पर्ने फापरखेतमा असोज ३१ गतेदेखि खसेको सुख्खा पहिरोका कारण सो सडक खण्ड अवरुद्ध बनेको थियो। पूर्वाधार विकास कार्यालय म्याग्दीले मेसिनको प्रयोग गरी पहिरो पन्छाएपछि आजदेखि यातायात सेवा सुचारु भएको हो।

पहिरो पन्छाउने जिम्मा पाएको मङ्गला कन्ट्रक्सनका प्रतिनिधि राजु पाण्डेले दसैँको समयमा यात्रुको चापलाई ध्यानमा राख्दै तत्कालका लागि सडक खुलाइएको जानकारी दिए। उनले भने, ‘दसैँको समयमा आवत-जावत गर्ने यात्रुको चापलाई दृष्टिगत गरी तत्काललाई सडक खुलाए पनि दिगो समाधानका लागि अझै काम गर्न बाँकी छ।’ पाण्डेका अनुसार दसैँको चहलपहल सकिएपछि पहिरो नियन्त्रणका लागि थप काम गरी सडकलाई जोखिमरहित बनाउने योजना छ।

२४ किलोमिटर लामो यो सडक म्याग्दीका मङ्गला, मालिका र धौलागिरि गाउँपालिकाका बासिन्दाका लागि सदरमुकाम पुग्ने मुख्य मार्ग वा लाइफलाइन मानिन्छ। लगातारको पहिरोले सडक बन्द हुँदा दसैँ मान्न घर जाने तथा कार्यक्षेत्रमा फर्किने यात्रुहरू प्रभावित भएका थिए। सडक सञ्चालनमा आएसँगै यात्रुहरूलाई सहज हुने अपेक्षा गरिएको छ।

2