Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

काठमाडौं महानगरले ल्यायो पौने २६ अर्बको बजेट, प्राथमिकतामा पूर्वाधार विकास

काठमाडौं महानगरले ल्यायो पौने २६ अर्बको बजेट, प्राथमिकतामा पूर्वाधार विकास
A A+ A-

काठमाडौं – काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२।८३का लागि २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट ल्याएको छ। बजेट आज महानगरको १७ औँ नगरसभामा उपमेयर सुनिता डंगोलले पेस गरेकी हुन्। बजेटअघि मेयर बालेन साहले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।

महानगरले बजेटमा २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ सञ्चितकोषमा व्ययभार पर्ने र ६५ करोड रुपैयाँ अन्य बाह्य व्ययभार हुने अनुमान गरेको छ।

क्षेत्रगत रुपमा प्रस्तुत बजेट तथा कार्यक्रमअन्तर्गत आर्थिक विकासमा कुल बजेटको ३ प्रतिशत (७५ करोड ३४ लाख ३० हजार रुपैयाँ), सामाजिक विकासमा २० प्रतिशत (५ अर्ब २ करोड २८ लाख ६८ हजार रुपैयाँ), पूर्वाधार विकासतर्फ ५१ प्रतिशत (१२ अर्ब ८० करोड ८३ लाख १४ हजार रुपैयाँ) र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १२ प्रतिशत (३ अर्ब १ करोड ३७ लाख २१ हजार रुपैयाँ) प्रस्ताव गरिएको छ। कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ १४ प्रतिशत (३ अर्ब ५१ करोड ६० लाख ८ हजार रुपैयाँ) प्रस्ताव गरिएको छ।

अगामी आर्थिक वर्षमा काठमाडौं महानगरपालिका क्षेत्रभित्रका पूर्वाधार योजनाहरुलाई उच्च प्रथामिकतामा राखिएको छ। फोहोरमैला व्यवस्थापन, विद्यालय शिक्षा प्रणालीमा सुधार, सुशासन प्रवर्द्धन, सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको क्षमतावृद्धि,एक वडा एक उद्यम कार्यक्रमलाई प्रवर्द्धन गरी रोजगारी र आयवृद्धि गर्ने कार्यक्रमलाई समेत महानगरले उच्च प्राथामिकतामा राखेको छ।

2