Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

बाँकेमा पान खेतीको व्यावसायिक सम्भावनाको खोजी

बाँकेमा पान खेतीको व्यावसायिक सम्भावनाको खोजी
A A+ A-

काठमाडौं: धार्मिक र सांस्कृतिक कार्यमा प्रयोग हुने पानको पातका लागि नेपालले अहिले पनि विदेशबाट हुने आयातमा भर पर्नुपर्ने अवस्था छ। यही अवस्थालाई मध्यनजर गर्दै बाँकेको कोहलपुर नगरपालिका-११ का पुरमल बस्नेतले पान खेतीको व्यावसायिक सम्भावनाको खोजी गरिरहेको छ। गाभर भ्यालीस्थित सामुदायिक जिन बैङ्कका अध्यक्षसमेत रहेका बस्नेतले पाँच वर्षअघि एउटा बिरुवाबाट सुरु गर्नुभएको खेती अहिले तीन धुर जग्गामा फैलिएको छ।

बस्नेतका अनुसार रासायनिक मलको प्रयोग नगरी कम्पोस्ट मल र पानीको भरमा पनि पानको बिरुवा हुर्काउन सकिन्छ। उनले भने, पाँच वर्षअघि एउटा बिरुवा रोपेर सुरु गरेको खेती अहिले तीन धुरमा फैलिएको छ। सामान्य हेरचाह, कम्पोस्ट मल र पानीबाटै पात उत्पादन भइरहेको छ। हाम्रो हावापानी र भूगोलमा यसको सम्भावना छ भन्ने मेरो अनुभव हो।

हाल उनीसँग करिब १० कठ्ठा जग्गामा लगाउन पुग्ने बिरुवा उपलब्ध छन् र उहाँले इच्छुक किसानलाई निःशुल्क बिरुवा वितरणसमेत गर्दै आएको छ। यद्यपि, व्यावसायिक उत्पादनका लागि सरकारी निकायबाट माटो, तापक्रम र रोगकीराको व्यवस्थापनबारे वैज्ञानिक परीक्षण हुनुपर्नेमा बस्नेतले जोड दिएको छ। उनले कृषि मन्त्रालयका सहसचिवसँग समेत यस विषयमा छलफल गरिसकेको छ।

नेपाली समाजमा विवाह, पूजाआजा र व्रतबन्धजस्ता कार्यमा पानको पात अनिवार्य मानिन्छ। नियमित माग रहे पनि स्वदेशी उत्पादन नहुँदा ठूलो रकम विदेशिने गरेको छ। बस्नेतले भने, सम्बन्धित निकायले अनुसन्धान गरेर पान खेतीको सम्भावना प्रमाणित गरिदिनुपर्छ। सरकारी स्तरबाट प्रयास भए व्यावसायिक उत्पादन गर्न सकिन्छ। यसले किसानलाई आम्दानी दिनुका साथै विदेशबाट आउने पानको पातको आयात घटाउन पनि सहयोग गर्छ।

कृषि विज्ञहरूका अनुसार व्यावसायिक खेती विस्तार गर्नुअघि बजारको माग, उत्पादन लागत, भण्डारण र ढुवानीको व्यवस्थाबारे विस्तृत अध्ययन आवश्यक छ। बजार सुनिश्चित नभई खेती विस्तार गर्दा किसानलाई जोखिम हुने भएकाले सरकारी पहलमा प्राविधिक परीक्षण र बजार व्यवस्थापनमा ध्यान दिनु आवश्यक देखिएको छ।

2