Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

दार्चुलामा कार्तिक १७ देखि अपि हिमाल पर्यटन उत्सव

दार्चुलामा कार्तिक १७ देखि अपि हिमाल पर्यटन उत्सव
A A+ A-

काठमाडौं: दार्चुलाको अपि हिमाल गाउँपालिकामा आगामी कार्तिक १७ देखि १९ गतेसम्म अपि हिमाल पर्यटन उत्सव आयोजना हुने भएको छ। स्थानीय पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना र ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउने उद्देश्यका साथ गाउँपालिकाले उक्त उत्सवको आयोजना गर्न लागेको हो।

गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहराका अनुसार सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित १० हजार पर्यटक भित्र्याउने योजना राखिएको छ। तीन दिनसम्म सञ्चालन हुने उत्सवमा विभिन्न रचनात्मक कार्यक्रमहरू समावेश गरिनेछन्। उत्सवको पहिलो दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरूको उपस्थितिमा सांस्कृतिक कार्यक्रम र साहित्यिक गोष्ठी हुनेछ।

दोस्रो दिन प्रदेशस्तरीय मैत्रीपूर्ण क्रिकेट र भलिबल प्रतियोगिता सञ्चालन हुनेछ। विशेषगरी अपि हिमालको आधार शिविरमा आयोजना गरिने क्रिकेट खेलले उच्च हिमाली क्षेत्रमा खेलकुद प्रवर्द्धन गर्ने विश्वास लिइएको छ। तेस्रो दिन वेलनेस टुरिजमलाई जोड दिँदै योग तथा ध्यान शिविर सञ्चालन गरिनेछ। उत्सवको अन्तिम दिन जलवायु परिवर्तनको असरबारे विशेष संवाद आयोजना हुनेछ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्रबहादुर बिष्टका अनुसार जलवायु संवादमार्फत उच्च हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको गम्भीर प्रभावबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराइनेछ। यो कार्यक्रम आगामी नोभेम्बरमा हुने अन्तर्राष्ट्रिय जलवायु सम्मेलनको पूर्वसन्ध्यामा आयोजना हुन लागेको हो।

उत्सवमा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाहलाई निमन्त्रणा पठाइएको छ। यस्तै पर्यटनमन्त्री खड्गराज पौडेल, सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, सुदूरपश्चिमका मुख्यमन्त्री तथा सातै प्रदेशका पर्यटनमन्त्रीहरूलाई पनि अतिथिका रूपमा आमन्त्रण गरिएको छ। प्रधानमन्त्री शाहको सहभागिता भने अझै निश्चित भइसकेको छैन।

2