Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

शेयर बजारमा हरियाली, कारोबार रकम १४ अर्ब नाघ्यो

शेयर बजारमा हरियाली, कारोबार रकम १४ अर्ब नाघ्यो
अ+ अ-

काठमाडौं – आज पनि शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ३४ दशमलव ६१ अंकले बढेर २,७९४ को विन्दुमा कायम भएको छ । आज १९३ कम्पनीको शेयर मूल्य बढेको छ भने ५५ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३३० कम्पनीको ४ करोड ३१ लाख ११ हजार ४१६ कित्ता शेयर किनबेच हुँदा १४ अर्ब ३ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै बुटवल पावर कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६१ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको ५६ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सानिमा माई हाइड्रोपावरको ३९ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै केबिएल डिबेञ्चरका इकाईधनी र थ्रि स्टार हाइड्रोपावरका लगानकिर्ताले कमाएका छन् । आज केबिएल डिबेञ्चरका इकाईधनीले १० प्रतिशतका दरले कमाएका छन् भने थ्रि स्टारका लगानीकर्ताले पनि १० प्रतिशतकै दरले कमाएका छन् । ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले ८ दशमलव ४१ प्रतिशतका दरले कमाएका छन् । एनआइबिएल स्टेबल फन्डका इकाईधनीले ८ दशमलव ३२ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै माईखोला हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ७ दशमलव ८७ प्रतिशतका दरले गुमाएका हुन् ।

2