Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

गुल्मी प्रशासनमा पाँच करोडभन्दा बढी राजस्व सङ्कलन

गुल्मी प्रशासनमा पाँच करोडभन्दा बढी राजस्व सङ्कलन
अ+ अ-

गुल्मी- जिल्ला प्रशासन कार्यालय गुल्मीले एक वर्षमा पाँच करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ । गत आर्थिक वर्ष २०८१–०८२ मा जिल्ला प्रशासन कार्यालयमा विभिन्न शीर्षकबाट पाँच करोड ७८ लाख ७५ हजार ६८२ रुपियाँ ७८ पैसा राजस्व सङ्कलन भएको निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिनुभयो ।

निमित्त प्रमुख जिल्ला अधिकारी गैरेका अनुसार प्रशासन कार्यालयले सबैभन्दा बढी राजस्व राहदानीबाट सङ्कलन गरेको छ । राहदानीबट गत वर्ष पाँच करोड ६५ लाख ४३ हजार ५१० रुपियाँ राजस्व सङ्कलन गरेको हो । गत वर्ष दश हजार ८३२ राहदानी सिफारिस गरिएको थियो । जसमा छ हजार ३४२ पुरुष, चार हजार १२४ महिला र ३६६ नाबालकको राहदानी सिफारिस गरिएको हो । दस हजार ३७३ राहदानी वितण गरिएको थियो ।

प्रशासन कार्यालयले विभिन्न संघसंस्था दर्ता–नवीकरण गरे वापत सात लाख ४४ हजार ८०० रुपियाँ राजस्व सङ्कलन गरेको छ । यहाँबाट १५ वटा नयाँ संस्था दर्ता र २१० वटा संस्था नवीकरण भएका छन् । सात वटा संघसंस्था खरेजी गरिएको छ । हातहतियार नवीकरण गरी एक लाख ७५ हजार २५० रुपियाँ राजस्व सङ्कलन भएको छ ।

गत वर्ष ७४ वटा हातहतियार नवीकरण र एक वटा नामसारी गरिएको छ । प्रशासनिक दण्ड जरिवानाअन्तर्गत तीन लाख १७ हजार रुपियाँ राजस्व सङ्कलन भएको छ । परीक्षा शुल्कबाट ४६ हजार ४०० रुपियाँ राजस्व सङ्कलन भएको छ । अन्य प्रशासनिक सेवाबाट छ हजार ९२ रुपियाँ ७८ पैसा, धरौटी सदस्याहाबाट २२ हजार ६३० रुपियाँ र सरकारी सम्पत्ति विक्रीबाट २० हजार रुपियाँ राजस्व सङ्कलन भएको उहाँले बताउनुभयो ।

त्यस्तै, गत आर्थिक वर्ष २०८१–०८२ मा प्रशासन कार्यालयबाट वंशजको आधारमा नौ हजार ८२ नयाँ नागरिकता जारी गरिएको छ । वैवाहिक अंगिकृत १८, गैर आवसीय नेपाली नागरिकता १८, प्रतिलिपि नागरिकता सात हजार ४९८ वितरण गरिएको छ । १९ जनाले नागरिकता परित्याग गरेका छन् । तीन जनाको नागरिकता रद्द गरिएको छ । ७४१ नाबालक परिचयपत्र वितरण गरिएको छ । २३ हजार ४९० राष्ट्रिय परिचय पत्र विवरण दर्ता गरिएको छ भने १९ हजार २७ राष्ट्रिय परिचय पत्र वितरण गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयमा गत वर्ष ११० मुद्दा दर्ता भएका थिए । ५७ मुद्दा फर्छ्यौट भएका छन् । पेन्सन प्रयोजनका लागि एक हजार ३१४ कागजात प्रमाणित गरिएको छ । गत वर्ष ५३६ दलित प्रमाणित, ५०२ जनजाति प्रमाणित, ५७१ अन्य प्रमाणित र अभिलेख प्रमाणित तीन हजार ३०५ जनाको गरिएको छ । जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीको सहजताका लागि स्थापना गरेको नागारिक सहायता कक्षबाट छ हजार ७१५ जनाले सेवा लिनुभएको छ ।

प्रशासन कार्यालयमा सेवा प्रवाहलाई नागरिकमैत्री बनाउँदै लगेएको निमित्त प्रमुख जिल्ला अधिकारी गैरेले बताउनुभयो । सेवा प्रवाहमा सुधार ल्याउन राहदानी र नागरिकताको लागि विद्युतीय टोकन, ज्येष्ठ नागरिक विश्राम स्थल, बजार अनुगमन, विकास निर्माणमा सहजीकरण, विपदमा तत्काल राहत वितरण, स्थानीय तहमा सेवा प्रवाहसम्बन्धी अभिमुखीकरण, लागुऔषध नियन्त्रण, कारागार सुधार लगायतका विभिन्न कामहरु गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

2