Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

चीनसँगका वैकल्पिक नाका सञ्चालन गर्न छलफल भइरहेको छ : सचिव राई

चीनसँगका वैकल्पिक नाका सञ्चालन गर्न छलफल भइरहेको छ : सचिव राई
A A+ A-

काठमाडौं: परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले चीनसँगका वैकल्पिक नाकाहरूबाट व्यापारिक गतिविधि सञ्चालन गर्ने विषयमा छलफल भइरहेको जानकारी दिएका छन्। सोमबार सिंहदरबारमा आयोजित भोटेकोशी एवम् कालीगण्डकी कोरिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा उनले यस्तो बताएका हुन्।

सचिव राईका अनुसार हाल तातोपानी नाकालाई प्राथमिकता दिइएको भए पनि कोरला र दोलखाको लामाबगर नाकाबाट व्यापारिक गतिविधि र सडक सञ्जाललाई थप प्रभावकारी बनाउनेबारे छलफल भइरहेको छ। उनले ग्लोबल वार्मिङ र हिमाल पग्लने क्रमका कारण तातोपानी लगायतका नाकाहरू उच्च जोखिममा रहेको औंल्याउँदै भविष्यमा वैकल्पिक वा नदी बेसिनमा आधारित नयाँ नाकाहरू विकास गर्नुपर्ने आवश्यकतामा जोड दिए।

चीनसँगको सहकार्यमा भविष्यमा आउन सक्ने जोखिम न्यूनीकरण गर्न भरपर्दो पूर्वसूचना प्रणाली र संयुक्त संयन्त्र स्थापना गर्न सरकार क्रियाशील रहेको उनले स्पष्ट पारे। भोटेकोशी बाढीपछि दुर्गम क्षेत्रमा उद्धार कार्यका लागि कठिनाइ भए पनि सुरक्षा फौजले अवस्थाको आकलन गरी तत्काल उद्धार अघि बढाएको उनले जानकारी दिए।

विपद् व्यवस्थापन र राहतका लागि प्राप्त २० मिलियन फन्डबाहेक परियोजनामा आधारित सहयोग र राहत वितरणका लागि कृषि, वन तथा पर्यावरण मन्त्रालयले समन्वय गरिरहेको उनले उल्लेख गरे। यसैबीच, समितिका सदस्यहरूले जलवायु परिवर्तनबाट नेपाललाई भएको क्षति र यसका असरबारे अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी कूटनीतिक पहल अघि बढाउनुपर्ने धारणा राखेका छन्।

2