Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

नयाँ जातको धान नफलेपछि माडीका किसान चिन्तित

नयाँ जातको धान नफलेपछि माडीका किसान चिन्तित
A A+ A-

काठमाडौं: चितवनको माडी नगरपालिकाका किसानहरूले लगाएको नयाँ जातको धानमा बाला नलाग्ने र दाना नलाग्ने समस्या देखिएपछि उनीहरू चिन्तित बनेका छन्। माडी नगरपालिकाका वडा नम्बर ५, ६ र ७ का किसानले स्थानीय एग्रोभेटबाट खरिद गरेको ‘बायोसीड ३०१’ जातको धानमा यस्तो समस्या देखिएको हो।

स्थानीय किसान गोविन्द भण्डारीले नयाँ जातको धानबाट राम्रो उत्पादन हुने आशामा खेती गरे पनि अन्त्यमा खेतमा धानका बोट र खोक्रा बाला मात्रै देखिएको बताए। उनले भने, “अहिले नयाँ जातको धान लगाउने भनेर लगाएको, नफलेर बर्बाद भइयो। धान काट्दा टटला मात्र भए, दाना केही भएन।” अर्की किसान सावित्री चापागाईंले १६ कठ्ठा जग्गामा गरेको खेतीबाट दुई-चार बोरा मात्र उत्पादन भएको र त्यो पनि खानयोग्य नरहेको बताइन्। उनले भनिन्, “धान रोपेपछि रातो भयो। पछि बोट मरेर बाला नै नलाग्ने र पोटा मात्रै आयो। हामी त बर्बाद भइयो।”

माडी नगरपालिका कृषि शाखाका प्रमुख सुरेश सिंखडाका अनुसार उक्त धानमा मरुवा (ब्लास्ट) र खैरो थोप्ले रोग देखिएको थियो। स्थलगत अनुगमन गर्दा घाँटी मरुवा, खैरो थोप्ले र मर्चट ब्लाइट जस्ता रोग व्यापक देखिएको उनले बताए। माडी क्षेत्रमा करिब ३ हजार केजी बीउ बिक्री भएको र १ सय हेक्टर क्षेत्रफलमा यसको खेती गरिएको कृषि शाखाले जनाएको छ। बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रका अनुसार यो धान १२९ दिनमा पाक्ने भए पनि असारमा रोपिएको धान असोज मसान्तसम्म पनि नपाकेपछि बीउको गुणस्तरमाथि प्रश्न उठेको छ।

कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलले समस्याको अनुसन्धान भइरहेको बताए। उनले बीउ कहाँबाट आएको हो भन्ने विवरण सङ्कलन गरी बीउ कम्पनीका प्रतिनिधिसँग छलफल भइरहेको जानकारी दिए। कृषि शाखाले अहिले प्रभावित किसानहरूको क्षतिको विवरण सङ्कलन गरिरहेको छ। किसानहरूले बीउ छनोट गर्दा एग्रोभेटको सल्लाहमा मात्र भर नपरी कृषि प्राविधिकसँग परामर्श गर्नुपर्ने सुझाव दिइएको छ।

2