Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि, २२ अर्बको कारोबार

नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि, २२ अर्बको कारोबार
अ+ अ-

काठमाडौँ । साताको पहिलो दिन नेप्से परिसूचकमा सामान्य अङ्कले बढेको छ । पछिल्लो समय निरन्तर रूपमा बढेको नेप्से साताको पहिलो कारोबारका दिन सामान्य अङ्कले बढेर कारोबार बन्द भएको छ ।

आइतबार नेप्से परिसूचक ०.३२ अङ्क बढेर २८७०.९५ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.४६ अङ्कले घटेको छ भने फ्लोट इण्डेक्स ०.४४ अङ्कले र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०५ अङ्कले घटेको छ ।

आइतबार कारोबारमा आएका ३१६ कम्पनीको ५ करोड १६ लाख ५८ हजार कित्ता शेयर २१ अर्ब ४६ करोड ४९ लाख ९४ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । सामान्य अङ्कले कारोबार बढे पनि कारोबार भने उच्च अङ्कले बढेको छ । गत बिहीबार भने नेप्से साढे १६ अर्बको सेयर खरिदबिक्री भएको थियो ।

नेप्सेका १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। जसमा अन्य उपसमूहको परिसूचक ३.३६ प्रतिशत, होटल तथा पर्यटन, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ ।

आज चार कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था, सान्भि इनर्जी, ट्रेड टावर र शिव श्री हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको नेप्सेले जनाएको छ ।

तर यता समृद्धि फाइनान्सको सेयरमूल्य भने ८.८८ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी कम्पनीको ९८ करोड ५५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

2