Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

बाढीले क्षति पुर्‍याएको सिटिजन्स बैंकको देवीघाट शाखा बट्टारमा स्थानान्तरण

बाढीले क्षति पुर्‍याएको सिटिजन्स बैंकको देवीघाट शाखा बट्टारमा स्थानान्तरण
A A+ A-

काठमाडौं: भोटेकोशी नदीमा आएको बाढीका कारण पूर्ण रूपमा क्षति भएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको नुवाकोटस्थित देवीघाट शाखा बट्टारमा स्थानान्तरण गरिएको छ। बैंकले स्थानीय सेवाग्राहीलाई सहज र प्रभावकारी सेवा दिने उद्देश्यले विदुर नगरपालिका-२, बट्टारमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो। देवीघाटबाट बट्टार करिब सात किलोमिटरको दूरीमा रहेको छ।

नयाँ शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले गरेका छन्। सो अवसरमा उनले बाढीका कारण शाखामा क्षति पुगे पनि कर्मचारीहरू सुरक्षित रहेको जानकारी दिए। उनले ग्राहकलाई निरन्तर बैंकिङ सेवा दिने प्रतिबद्धता व्यक्त गर्दै कठिन परिस्थितिमा शाखा सञ्चालन गर्न खटिएका कर्मचारीहरूको प्रशंसा गरे।

बट्टार शाखाबाट बैंकले रिटेल बैंकिङका साथै साना र कर्पोरेट व्यवसायीलाई वित्तीय सेवा उपलब्ध गराउने जनाएको छ। यसका साथै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले उक्त शाखामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ। शिविरमा मुखको क्यान्सर, मुटु तथा रक्तनलीका रोग, मधुमेह र शरीरको वस्तुमान सूचकाङ्क (बीएमआई) परीक्षण गरिनेछ।

सिटिजन्स बैंकले हाल बागमती प्रदेशमा ५६ शाखामार्फत सेवा दिँदै आएको छ। देशभरका ६१ जिल्लामा बैंकका २०० शाखा, १६७ एटीएम, तीन विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइ सञ्चालनमा रहेका छन्। बैंकले २० लाख ८२ हजारभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। साथै, बैंकले फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ नामक भर्चुअल क्रेडिट कार्ड पनि सञ्चालनमा ल्याएको छ।

2