Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş

बागमती प्रदेशमा राइड सेयरिङ मोटरसाइकलको दर्ता सुरु

बागमती प्रदेशमा राइड सेयरिङ मोटरसाइकलको दर्ता सुरु
A A+ A-

काठमाडौं: बागमती प्रदेश सरकारले राइड सेयरिङमा प्रयोग हुने दुईपाङ्ग्रे सवारीसाधनलाई सार्वजनिक सवारीका रूपमा दर्ता गर्ने प्रक्रिया सुरु गरेको छ। यातायात व्यवस्था कार्यालय गुर्जुधाराले हालसम्म एउटा कम्पनीमार्फत ५ वटा मोटरसाइकललाई कालो नम्बर प्लेटमा दर्ता गरिसकेको छ।

प्रदेशको उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयले गत असोज १ गते ८ बुँदे निर्देशन जारी गर्दै दर्ता प्रक्रिया खुला गरेको थियो। यातायात व्यवस्था कार्यालयका सूचना अधिकारी गोविन्दराज शिवाकोटीका अनुसार निजी मोटरसाइकललाई सोझै कालो प्लेटमा रूपान्तरण गर्न पाइँदैन। सवारीधनीले सम्बन्धित राइड सेयरिङ कम्पनीमार्फत प्रक्रिया पूरा गर्नुपर्नेछ। धेरै पुराना सवारीसाधनलाई सार्वजनिक दर्ताका लागि अनुमति दिइने छैन।

सार्वजनिक सवारीका रूपमा दर्ता हुने दुईपाङ्ग्रे साधनलाई सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ बमोजिम कालो नम्बर प्लेट र मिटर जडित ट्याक्सीसरह रुट परमिट प्रदान गरिनेछ। मन्त्रालयको निर्देशनअनुसार यस्ता सवारीसाधनले प्रदूषण जाँच र तोकिएको मापदण्ड पूरा गर्नुपर्नेछ। साथै, यात्रुको सुरक्षाका लागि अनिवार्य रूपमा यात्रु बिमा गर्नुपर्ने व्यवस्था गरिएको छ।

यी सवारीसाधनको भाडादर प्रदेश मन्त्रालयले निर्धारण गरेबमोजिम हुनेछ। दर्ता प्रक्रियाका लागि आवश्यक पर्ने दस्तुर प्रदेशको आर्थिक ऐनअनुसार तय गरिने कार्यालयले जनाएको छ।

2