काठमाडौं: सरकारले सडक पूर्वाधार सुधारका लागि एसियाली विकास बैङ्क (एडिबी) बाट प्राप्त हुने २८५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को बैठकले उक्त ऋणसँगै २० मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता पनि स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए। सडक सञ्जालको स्तरोन्नति र विकासका लागि उक्त रकम खर्च गरिने बताइएको छ।
