Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş

कृषिमा स्नातक गरेका युवाको रोजाइमा पुष्पखेती

कृषिमा स्नातक गरेका युवाको रोजाइमा पुष्पखेती
A A+ A-

बाँके। बाँकेको नेपालगन्जमा कृषि विषयमा स्नातक तह पूरा गर्न लागेका तीन विद्यार्थीले लोभलाग्दो पुष्पखेती गरेका छन्।

नेपालगन्ज उपमहानगरपालिका–१९ स्थित फुटाहामा उनीहरुले प्रयोगात्मक रूपमा खेती गरेर आर्थिक उपार्जन गरेका छन् । स्थानीय बेदराज आर्चाय, असिम सिग्देल र चेतन केसीले १० कट्ठा जग्गामा सानो लगानी गरेर ठुलो प्रतिफल प्राप्त हुने विश्वास राखेका छन्।

‘फिट फार्म’ नामक संस्थामार्फत अनौपचारिक रूपमा सल्लाह गरेर पहिलो अभ्यासका रूपमा पुप्पखेती गरिएको संस्थाका सञ्चालक वेदराज आर्चायले जानकारी दिए। ‘अहिले फूलको अग्रिम ‘बुकिङ’ भइरहेको छ र खुद्रा पनि बिक्री गरिरहेका छौँ,’ उनले भने।

तिहारमा बजारमा फूलको माग बढी हुने र भारतीय आयातित फूलले बजारको माग धानिरहेको उल्लेख गर्दै सञ्चालक आर्चायले यस खेतीका लागि धेरै तयारी गर्नुनपर्ने उल्लेख गरे । सानो मेहनत र लगानीले नै ठुलो प्रतिफल हापिसल गर्न सकिन्छ भन्ने विश्वास पैदा भएको उनले बताए।

उनका अनुसार फुटाहामा पानी नजम्ने ठाउँ छनोट गरेर चितवनबाट फूलको बीउ ल्याएर गत साउन महिनामा खेती सुरु गरिएको हो। तिहारअघि नै करिब रु ५० हजार बराबरको फूल बिक्री भएको जानकारी दिँदै उनले स्थानीयले अग्रिम बुकिङ गरेको बताए। त्यसबाहेक बुटवल, दाङ, काठमाडौँ, सुर्खेतलगायत जिल्लाबाट माग आए पनि स्थानीयलाई प्राथमिकता दिइएको छ।

पुष्पखेतीसँगै तरबुजा र स्ट्रबेरीखेतीलाई प्राथमिकतामा राखेर काम गर्न खोजिएको उल्लेख गर्दै आर्चायले धेरैजसो विषयमा आफूले ज्ञान राखेकाले कुनै निकायलाई हारगुहार गर्न नपरेको स्पष्ट गरे। ‘पानी नजम्ने जग्गा छनौट गर्नुपर्छ र पानी धेरै भएको अवस्थामा त्यसको व्यवस्थापन गर्नुपछ,’ पुष्पखेतीबारे जानकारी दिँदै उनले भने।

बर्षे झरीमा रोग र किराको व्यवस्थापन गरेर लोभलाग्दो रूपमा फूलको उत्पादन गरिएको आर्चायले बताए। बजारीकरणको काम सामाजिक सञ्जालबाट नै भएको र त्यहाँबाट नै माग आएको उल्लेख गर्दै तिहारमा नेपालगञ्जको धम्बोझीमा माला र फूलको खुद्रा बेचबिखन हुने फिट फार्मले जनाएको छ।

लुम्बिनी फ्लोरिकल्चर एसोसियसनका पूर्वसदस्य एवम् महिला उद्यमी सङ्घ बाँकेकी महासचिव बिन्दुचर्ति मगरले बाँकेमा करिब १३ बिगाहामा फूलखेती भएको जानकारी दिए । उनले स्थानीय तहलाई बजारीकरणका सम्बन्धमा नीतिनिर्माण गर्न आग्रह गरे।

उनले जिल्लामा सयपत्री, कलकत्ते, आगा ३५५ जातका फूलको खेती भएको उल्लेख गर्दै भारतीय फूल आयातमा रोक लगाउनु आवश्यक भएको धारणा राखे । बाँकेको नरैनापुर, खजुरा, नेपालगन्ज र कोहलपुरमा पुष्पखेती गरिएको छ।

2