Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

सेयर बजारमा उत्साहजनक वृद्धि, १६ अर्ब ३२ करोडकाे कारोबार

सेयर बजारमा उत्साहजनक वृद्धि, १६ अर्ब ३२ करोडकाे कारोबार
अ+ अ-

काठमाडौँ – सेयर बजारमा सोमबार उत्साहजनक वृद्धि देखिएको छ । आज नेपाल स्टक एक्सचेन्ज परिसूचक २१.७६ अङ्कले बढेर २८९२.७२ को विन्दुमा पुगेर बन्द भएको छ ।

आज बजार परिसूचक मात्र नभई कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ । दिनभरमा कुल १६ अर्ब ३२ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

अघिल्लो दिन बजारमा २१ अर्ब रुपैयाँको कारोबार भएको थियो । आज कारोबार घटे पनि कारोबारको उत्साह भने कायमै रहेको देखिन्छ । आज बजारमा १४९ कम्पनीका ३११ स्क्रिप्टको कारोबार भएका छन् । त्यसमध्ये १५३ कम्पनीको मूल्य बढेका छन् ।

९६ कम्पनीको मूल्य घटेको देखिन्छ । कारोबार रकमको आधारमा आज नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानमा रह्यो । उक्त कम्पनीको ७५ करोड ६६ लाख रुपैयाँभन्दा बढीको कारोबार भयो। त्यसैगरी, हिमालयन रिइन्स्योरेन्सको ७५ करोड २८ लाख र बुटवल पावर कम्पनीको ५६ करोड ७९ लाख रुपैयाँको कारोबार भयो ।

आज सबैभन्दा धेरै कमाउने कम्पनीहरूमा थ्रिस्टार हाइड्रोेपावर, ट्रेड टावर, र सान्भी इनर्जी प्रमुख छन्। यी कम्पनीहरूको सेयर मूल्यमा करिब १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ ।

सप्तकोशी डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक र ग्रीन डेभलपमेन्ट बैंकमा भने नकारात्मक सर्किट लागेको छ । बजार २९०० को मनोवैज्ञानिक तहभन्दा माथि बन्द हुनु र कारोबार रकम समेत उल्लेख्य हुनुले लगानीकर्ता बजारमा उत्साहित रहेको देखिएको छ ।

बजारमा आज सबै समूहको सूचक सकारात्मक हुँदा मात्रइक्रोफाइनान्स र अन्य समूह २ प्रतिशत भन्दा धेरैले बढेको देखिन्छ ।

2