काठमाडौं। दर्शकको बढ्दो अपेक्षालाई सम्बोधन गर्दै काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको मल्टिप्लेक्स बिग मुभिजले अन्तर्राष्ट्रियस्तरको प्रविधि भित्र्याएको छ ।
दुई दशकअघि नेपालमा आधुनिक मल्टिप्लेक्स संस्कृतिको सुरुवात गर्ने पहिलो मल्टिप्लेक्स बिग मुभिजले सिनेमा हललाई रिनोभेसन गरी अत्याधुनिक सुविधासम्पन्न बनाएको छ ।
रिनोभेसनका क्रममा कम्पनीले आफ्नो मूल नारा ‘एक्सपिरियन्स सिनेमा, एक्सपिरियन्स द डिफिरेन्स’लाई सार्थक बनाउन हलको प्रविधि, ध्वनि, सिट, वातावरणजस्ता सबै पक्षमा अन्तर्राष्ट्रियस्तर कायम गरेको छ ।
बिग मुभिजले स्टेट अफ द आर्ट दृश्य प्रविधि बारको ४के आरजीबी लेजर प्रोजेक्टर जडान गरेको छ । कम्पनीले युरोपेली ब्रान्डको बहुचर्चित बारको एसपी४के–२०सी (सिरिज ४) स्मार्ट लेजर प्रोजेक्टरमा २१,००० ल्युमेन्सको ब्राइटनेस र ४के (४०९६x२१६०) को नेटिभ रिजोलेसन रहेको छ । पर्दामा चलचित्रका दृश्यहरूलाई अत्यन्त स्पष्ट, चम्किलो र जिवन्त बनाउन कम्पनीले ठूलो रकम खर्चेर यो प्रोजेक्टर जडान गरेको हो ।
चलचित्रका दृश्यमा वास्तविक र उच्च गुणस्तरीय रङ संयोजनका लागि ९८.५ प्रतिशतभन्दा बढी रेस २०२० र डीसीआईए३ कलर स्पेस सपोर्ट गर्ने प्रविधि जडान गरिएको छ ।
पर्दाका दृश्यहरूलाई अत्यन्त स्पष्ट, चम्किलो र जिवन्त बनाउन बिग मुभिजका हलहरूमा ज्ञढहद्धघ फिट, द्दण्हद्धघ र फिट र द्दण्हद्धट फिट आकारका विशेष सिल्भर स्क्रिन राखिएका छन् ।
साउन्ड सिस्टमतर्फ थ्री–डी इमर्सिभ साउन्ड सिस्टम (डल्बी एटमस ६४–च्यानल सिस्टम जडान गरिएको छ । परम्परागत साउन्ड सिस्टमभन्दा फरक हरेक स्पिकरलाई स्वतन्त्र अडियो फिड दिने गरी ६४–च्यानल डल्बी एट्मस प्रविधि जडान गरिएको छ ।
हलको ओभरहेड र चारैतिर राखिएका स्पिकरहरू तथा सीपी(५)ए साउन्ड प्रोसेसरको मद्दतले १२८ वटासम्म साउन्ड अब्जेक्टहरूलाई एकैपटक नियन्त्रण गरी दर्शकलाई चारैतर्फबाट वास्तविक ध्वनि अनुभव गराउँछ । यी स्पिकरका कारण विशेषगरी एक्सन÷साउन्ड–इन्टेन्सिभ चलचित्रहरूमा दर्शकले थप रोमाञ्चक अनुभव लिन पाउँछन् ।
हलका सिटहरूलाई पनि आरामदायी बनाइएको छ । दर्शकलाई विशेष अनुभूति दिलाउन नयाँ लक्जरी तथा एर्गोनोमिक सिटिङ (प्रिमियम सिटिङ) राखेको छ । दर्शकको सहजताका लागि २५५ वटा २२ इन्चका ‘च्याम्पियन सिरिज’ थिएटर कुर्सीहरू राखिएका छन् । यी कुर्सीमा एडभान्स एर्गोनोमिक्स, रिच ल्यामिनेटेड फेब्रिक र थ्री–पोजिसन लकिङ सुविधा छ ।
थप विलासी र आरामदायी अनुभवका लागि २९ वटा २९ इन्चका ‘रोयल लक्जुरिया’ क्रिम कलर रिक्लाइनरहरू जडान गरिएको छ ।
हलभित्र नयाँ कार्पेटिङ, अकोस्टिक वाल कभरिङ र आधुनिक लाइटिङको व्यवस्था गरी पूर्ण रूपमा नयाँ वातावरण तयार पारिएको बिग मुभिजका चेयरम्यान राजेन्द्र अर्यालले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । साथै उनले बिग मुभिजले आफ्नो इतिहास र पहिचानलाई कायम राख्दै प्रविधि तथा सुविधामा नयाँ स्तर स्थापित गर्न खोजेको बताए ।
“नेपालको पहिलो मल्टिप्लेक्सको पहिचान बनाएको बिग मुभिजले प्रविधि र सुविधामा सधैँ पहिलो र अगाडि रहने आफ्नो इतिहासलाई यो व्यापक रिनोभेसनमार्फत पुनः प्रमाणित गरेको छ । अब बिग मुभिजमा चलचित्र हेर्नु पर्दामा दृश्य हेर्नु मात्र हुने छैन,” उनले भने, “यो पूर्ण रूपमा कथा र वातावरणलाई महसुस गर्ने एउटा अविस्मरणीय अनुभव हुने विश्वास हामीले लिएका छौँ ।
उनका अनुसार बिग मुभिजमा अब दर्शक उत्कृष्ट पिक्चर, साउन्ड, कम्फर्ट र ओभरअल सिनेमा एक्सपिरियन्स गर्न पाउनेछन् ।
