Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş

फूलमा आत्मनिर्भर बन्दै पोखरा

फूलमा आत्मनिर्भर बन्दै पोखरा
A A+ A-

काठमाडौं। तिहार पर्वको अवसरमा फूलको माग बढेसँगै पोखरामा व्यावसायिक फूल खेती विस्तार हुँदै गएको छ ।

पछिल्लो समय विभिन्न औपचारिक कार्यक्रम र समारोहमा समेत फूल तथा मालाको प्रयोग बढ्दा यहाँका किसान व्यावसायिक रूपमा आकर्षित भएका छन् ।

पोखरा महानगरपालिकाको आर्थिक महाशाखाका अनुसार यस वर्ष महानगरभित्र करिब २ सय रोपनी जग्गामा सयपत्री फूल लगाइएको छ ।

महाशाखा प्रमुख मनहर कडरियाले तिहारको समयमा पोखरामा २ देखि ३ करोड रुपैयाँ बराबरको फूलको कारोबार हुने अनुमान गरिएको बताए ।

उनका अनुसार पोखरामा उत्पादित फूलले स्थानीय मागको करिब ७० प्रतिशत हिस्सा ओगट्छ, बाँकी फूल छिमेकी पालिकाहरूबाट ल्याइन्छ ।

यद्यपि, यस वर्ष जलवायु परिवर्तन र अर्नव चक्रवातका कारण भएको वर्षाले फूल उत्पादनमा असर पुग्ने देखिएको छ । फूल व्यवसायी रमेशकुमार श्रेष्ठका अनुसार चक्रवातले गर्दा करिब १५ प्रतिशत फूलमा क्षति पुगेको छ ।

व्यवसायीहरूले किसानको लागतलाई मध्यनजर गर्दै फूलको मूल्य निर्धारण गर्न माग गरेका छन् । पोखरा महानगरपालिकाले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि फूल र मालाको मूल्य निर्धारण गर्ने तयारी गरेको छ ।

यसैबीच, तिहारलाई लक्षित गरी पोखरामा नवौँ गोदावरी पुष्प प्रदर्शनी तथा पाँचौँ गण्डकी प्रदेश स्तरीय एवं तेस्रो सयपत्री फूल मेला-२०८३ सुरु भएको छ ।

फ्लोरिकल्चर एसोसियसन नेपाल (फ्यान) कास्की शाखाको आयोजनामा सञ्चालित सो मेला कात्तिक २३ गतेसम्म चल्नेछ । फ्यान कास्कीका अध्यक्ष रामप्रसाद सुवेदीका अनुसार मेलामा गोदावरीका साथै सयपत्री, सुनगाभा र विभिन्न मौसमी फूलहरू प्रदर्शनमा राखिएका छन् ।

2