Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

एउटै वस्तु एक खर्बभन्दा बढीको निर्यात

एउटै वस्तु एक खर्बभन्दा बढीको निर्यात
अ+ अ-

काठमाडौँ- गत आर्थिक वर्षमा नेपालले एउटै वस्तु एक खर्ब रुपियाँभन्दा बढीको निर्यात गरेको छ जुन् अहिलेसम्मकै उच्च हो । सोही वस्तुको निर्यातमा आएको उछालले नेपालबाट हुने कुल वस्तु निर्यात पनि अहिलेसम्मकै सबैभन्दा धेरै हुन पुगेको छ ।

नेपालको निर्यातलाई उचाइमा पुर्‍याउने त्यो वस्तु हो, भटमास तेल । भन्सार विभागका अनुसार नेपालले गत आवमा एक खर्ब छ अर्ब ८० करोड रुपियाँ बराबरको भटमास तेल निर्यात गरेको छ । कुल निर्यातमा भटमास तेलको हिस्सा ३८.५४ प्रतिशत छ । गत आवमा नेपालले दुई खर्ब ७७ अर्ब बराबरको वस्तु निर्यात गरेको तथ्याङ्क छ ।

भटमास तेलको मुख्य निर्यात बजार भारत रहेको छ । साफ्टा सुविधा अन्तर्गत शून्य भन्सार सुविधाको उपयोग गर्दै नेपालले सो बराबरको तेल निर्यात गरेको हो । बिडम्बना के छ भने नेपालबाट अत्यधिक निर्यात भएको उक्त वस्तुको उत्पादन नेपालमै भने कम हुन्छ । नेपालले सबैभन्दा धेरै निर्यात गरेको उक्त वस्तु उत्पादनका लागि नेपालले एक खर्ब आठ अर्ब ९५ करोड रुपियाँ बराबरको कच्चा भटमास तेल आयात गरेको भन्सारले देखाउँछ । यस हिसाबले अहिलेसम्मकै सबैभन्दा उच्च निर्यात भएको वस्तु भए पनि कच्चा तेलको आयात हुँदा यसबाट हुने व्यापार नेपालका लागि घाटाकै अवस्थामा देखिन्छ ।

तीन खर्बले बढ्यो व्यापार

गत आवमा नेपालको कुल अन्तर्राष्ट्रिय व्यापार तीन खर्ब रुपियाँभन्दा बढीले बढेको छ । गत आवमा नेपालले आयात र निर्यात गरेर कुल २० खर्ब ८१ अर्ब रुपियाँ बराबरको व्यापार गरेको छ । जबकि त्यसअघि आव २०८०÷८१ मा कुल १७ खर्ब ४५ अर्ब रुपियाँ बराबरको अन्तर्राष्ट्रिय व्यापार भएको थियो ।

आयातनिर्यात दुवैमा उल्लेख्य सुधार हुँदा अन्तर्राष्ट्रिय व्यापारमा पनि ठुलो परिमाणमा वृद्धि भएको देखिन्छ । गत आवमा आयात १३.२५ प्रतिशतले बढेर १८ खर्ब चार अर्ब रुपियाँ पुगेको छ । त्यस्तै निर्यातमा ८१.८० प्रतिशतको सुधार देखिन्छ । कुल व्यापारमा निर्यातको हिस्सा १३ प्रतिशत नाघेको छ त्यसअघि निर्यातको हिस्सा ८.७३ प्रतिशत थियो । निर्यातको हिस्सा बढ्दा गत आवमा आयातको हिस्सा ८६.६९ प्रतिशत पुगेको छ जबकि त्यसअघि कुल व्यापारमा आयातको हिस्सा ९१.२७ प्रतिशत थियो ।

यी हुन् सर्वाधिक आयातनिर्यात हुने वस्तु

गत आवमा नेपालले सबैभन्दा धेरै एक खर्ब २८ अर्ब रुपियाँ बराबरको डिजेल आयात गरेको छ । त्यसपछि कच्चा भटमास तेल आयात भएको छ । तेस्रोमा ६४ अर्ब १२ करोड रुपियाँ बराबरको पेट्रोल आयात हुँदा ६२ अर्ब ५८ करोड रुपियाँ बराबरको एलपी ग्यास आयात भएको छ । ४८ अर्ब ७६ करोड रुपियाँ बराबरको कच्चा फलाम आयात हुँदा ३५ अर्ब ५४ करोड रुपियाँको स्मार्टफोन आयात भएको भन्सारको तथ्याङ्क छ ।

त्यस्तै गत आवमा नेपालले सबैभन्दा धेरै भटमास तेलको निर्यात गरेको छ । भटमास तेलपछि १२ अर्ब ३२ करोड रुपियाँ बराबरको सूर्यमुखी तेल निर्यात भएको छ । त्यसपछि १० अर्ब ७७ करोड रुपियाँ बराबरको गलैँचा र सात अर्ब ६८ करोड रुपियाँको अलैँची निर्यात भएको छ । नेपालको निर्यात बजारलाई कच्चा तेल आयात गर्ने र त्यसलाई नेपालमा प्रशोधन गरेर भार निकासी गर्ने प्रवृत्ति मुख्य रूपमा देखिन्छ ।

2