Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

बाँकेका किसानमा कालानमक धान खेतीको आकर्षण

बाँकेका किसानमा कालानमक धान खेतीको आकर्षण
फाइल तस्बिर
A A+ A-

काठमाडौं: बाँके जिल्लामा हराउँदै गएको कालानमक धानको व्यावसायिक खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ। सुगन्धित र स्वादिलो मानिने यो रैथाने बालीको संरक्षणका लागि कृषि ज्ञान केन्द्र बाँकेले विशेष जोड दिएको छ।

केन्द्रका प्रमुख डा. विनोद घिमिरेका अनुसार बजारमा उच्च मूल्यमा बिक्री हुने भएकाले किसानहरू यसतर्फ आकर्षित भएका हुन्। केन्द्रले रैथाने बाली संरक्षण तथा प्रवर्धन कार्यक्रमअन्तर्गत बीउ वितरणमा सहयोग गर्दै आएको छ। विशेषगरी जानकी र बैजनाथ गाउँपालिकामा यसको खेती विस्तार भइरहेको छ।

जानकी गाउँपालिका-३ की किसान दीपाकुमारी काँदु गुप्ताले चार वर्षअघि परीक्षणका रूपमा सुरु गरेको खेती अहिले १० कठ्ठामा पुर्‍याउएको छ। उनका अनुसार अन्य हाइब्रिड धान प्रतिक्विन्टल ३,००० देखि ३,२०० रुपियाँमा बिक्री हुने भए पनि कालानमक धान १२,००० रुपियाँ प्रति क्विन्टलसम्ममा बिक्री हुन्छ।

अर्का किसान रमेशकुमार बर्माले पनि तीन बिघा जमिनमा व्यावसायिक रूपमा कालानमक धान लगाएको छ। बर्माका अनुसार यो धान खेतीका लागि पर्याप्त सिँचाइ आवश्यक पर्छ। करिब १४० दिनमा तयार हुने यो धान असारमा रोपेर कात्तिकको अन्तिम साता काट्न सकिन्छ। हाइब्रिडको तुलनामा उत्पादन केही कम भए पनि बजार मूल्य राम्रो पाउने भएकाले किसानहरू व्यावसायिक खेतीमा लाग्ने क्रम बढेको छ।

2