Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

तीन महिनामा लक्ष्यभन्दा ३८ प्रतिशत बढी राजस्व संकलन

तीन महिनामा लक्ष्यभन्दा ३८ प्रतिशत बढी राजस्व संकलन
A A+ A-

काठमाडौं: कपिलवस्तुस्थित सुठौली भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा लक्ष्यभन्दा ३८ प्रतिशत बढी राजस्व संकलन गरेको छ। कार्यालयले साउन, भदौ र असोज महिनामा ३८ करोड ४० लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ५२ करोड ९७ लाख १९ हजार रुपैयाँ संकलन गरेको हो।

भन्सार कार्यालयका प्रमुख किरण विष्टका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष राजस्व संकलन ६१ प्रतिशतले बढेको छ। गत वर्षको पहिलो तीन महिनामा ३२ करोड ९१ लाख २५ हजार रुपैयाँ राजस्व संकलन भएको थियो।

कार्यालयले साउनमा १२ करोड २८ लाख ७१ हजार, भदौमा १७ करोड ३८ लाख ६८ हजार र असोजमा २३ करोड २९ लाख ८० हजार रुपैयाँ राजस्व संकलन गरेको छ। असोज महिनामा मात्रै लक्ष्यभन्दा ६१ प्रतिशत बढी राजस्व उठेको कार्यालयले जनाएको छ। चालु आर्थिक वर्षका लागि सुठौली भन्सारलाई एक अर्ब ६० करोड रुपैयाँ राजस्व संकलनको वार्षिक लक्ष्य तोकिएको छ। गत आर्थिक वर्षमा कार्यालयले कुल एक अर्ब ५५ करोड सात लाख रुपैयाँ राजस्व संकलन गरेको थियो।

राजस्व संकलनमा भएको वृद्धिको मुख्य कारण क्वारेन्टाइन स्थापना, खाद्यान्न, फलफूल, तरकारी र औद्योगिक कच्चा पदार्थको आयातमा भएको वृद्धि रहेको भन्सार प्रमुख विष्टले बताए। साथै, गत वर्षदेखि सञ्चालनमा आएको धर्मकाँटाले पनि राजस्व संकलनमा सहयोग पुर्‍याएको उनको भनाइ छ। यस भन्सार नाकाबाट मुख्यतया सिमेन्ट उत्पादनमा प्रयोग हुने खरानी, जिप्सम, कोइला, बिटुमिन, धान, चामल, फलफूल र तरकारी लगायतका वस्तुहरू आयात हुने गरेको छ।

2