काठमाडौं: शाओमी नेपालले आफ्नो चाडपर्व लक्षित ‘शाओमी किन्दा, उपहार एभ्रीडे, बम्परमा थाइल्यान्ड होलिडे’ योजनाअन्तर्गत दैनिक र साप्ताहिक विजेताहरूको नाम सार्वजनिक गरेको छ। कम्पनीका अनुसार सेप्टेम्बर २५ देखि अक्टोबर ३१ सम्मका विभिन्न मितिका लागि रेडमी बड्स ६ प्लेका दैनिक विजेताहरू घोषणा गरिएको छ भने रेडमी वाच ६ एक्टिभका साप्ताहिक विजेताहरू पनि सार्वजनिक भएका छन्।
यस योजनाअनुसार दैनिक ८ जना विजेताले रेडमी बड्स ६ प्ले र साप्ताहिक १० जनाले रेडमी वाच ६ एक्टिभ प्राप्त गर्नेछन्। साथै, बम्पर उपहारअन्तर्गत ४ जना भाग्यशाली ग्राहकले ४ रात ५ दिनको थाइल्यान्ड भ्रमणको अवसर पाउनेछन्।
यो योजना विशेषगरी रेडमी नोट १५ सिरिजको प्रवर्द्धन गर्ने उद्देश्यले ल्याइएको हो। टाइटन टफ प्रविधियुक्त स्मार्टफोन खरिद गर्ने ग्राहकले यी उपहार जित्ने अवसर प्राप्त गर्नेछन्। यसका साथै ग्राहकले शून्य प्रतिशत ईएमआई सुविधामा पनि शाओमीका स्मार्टफोन खरिद गर्न सक्नेछन्। कम्पनीले यो योजना नोभेम्बर २५, २०२६ सम्म सञ्चालन हुने जनाएको छ। शाओमी नेपालले ग्राहकहरूलाई यस योजनामा सहभागी भई लाभ लिन आग्रह गरेको छ।
