Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

हिमपातले कोरला नाकाबाट सामान आयातमा सकस

हिमपातले कोरला नाकाबाट सामान आयातमा सकस
A A+ A-

काठमाडौं: मुस्ताङको कोरला नाका हुँदै हुने आयातमा पछिल्लो समय हिमपातले अवरोध पुर्‍याएको छ। नाकाबाट १४ किलोमिटर टाढा रहेको नेचुङ भन्सारसम्म बाक्लो हिउँ जमेका कारण सामान ढुवानीमा समस्या भएको हो। यसअघि कालिगण्डकी करिडोरको बेनी-जोमसोम खण्डमा बाढी र पहिरोका कारण सडक अवरुद्ध हुँदा व्यापार प्रभावित भएको थियो।

लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङका अनुसार सडक पूर्ण रूपमा बन्द नभए पनि हिउँका कारण सवारी साधन सञ्चालन गर्न निकै कठिन भएको छ। विशेष गरी साना सवारी साधनलाई हिउँमा गुड्न बढी सकस छ। स्थानीय र सुरक्षाकर्मीको प्रयासमा हिउँ हटाउने काम जारी रहे पनि चिसोका कारण हिउँ बरफ बनेर जमेकाले सवारी चिप्लिने समस्या छ। चालकहरूले हिउँ नहटाउँदै जबरजस्ती सवारी चलाउँदा हिउँ थिचिएर कडा बनेको अध्यक्ष गुरुङले बताए। हिउँ हटाउन चिनियाँ पक्षको बुल्डोजरको समेत सहयोग लिइएको छ।

मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी एकनारायण भण्डारीका अनुसार बाटो पूर्ण रूपमा अवरुद्ध नभए पनि सहज अवस्था छैन। आगामी दिनमा हिमपातको सम्भावनालाई मध्यनजर गर्दै बाटो खुला राख्न दुई वटा डोजर तयारी अवस्थामा राख्ने योजना रहेको उनले जानकारी दिए।

रसुवागढी र तातोपानी नाका प्रभावित भएपछि कोरला नाका हाल नेपाल र चीनबीचको व्यापारको मुख्य विकल्प बनेको छ। पहिले विद्युतीय सवारी साधन मात्र भित्रिने यो नाकाबाट अहिले दैनिक उपभोग्य वस्तु, औद्योगिक सामग्री र अन्य व्यापारिक सामानसमेत भित्रिन थालेका छन्। नाकाको व्यस्तता बढेसँगै सीमित स्रोतसाधनका बाबजुद व्यापारिक गतिविधि सञ्चालन भइरहेको छ।

2