Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

पोखरामा सयपत्री फूलको बिक्रीस्थल र मूल्य निर्धारण

पोखरामा सयपत्री फूलको बिक्रीस्थल र मूल्य निर्धारण
A A+ A-

गण्डकी। पोखरा महानगरपालिकाले तिहारलाई लक्ष्य गरी सयपत्री फूलको बिक्रीस्थल र मूल्य निर्धारण गरेको छ ।

महानगरको आर्थिक विकास महाशाखाका प्रमुख मनोहर कडरियाका अनुसार सयपत्री फूलको बिक्रीवितरणका लागि पोखराका १७ स्थान तोकिएको छ । त्यस्तै, सयपत्री फूलको प्रतिकिलो रु ५०० र प्रतिमाला रु २०० मूल्य कायम गरिएको उनले जानकारी दिए।

आगामी आइतबारदेखि लागू हुनेगरी पोखरा महानगरपालिका–१ को देवी पञ्चाङ्ग ज्येष्ठ नागरिक मिलन केन्द्र, टुँडिखेलको पुरानो वडा कार्यालय, पोखरा–२ स्थित सङ्गमचोक कृषि बजार चौतारी, पोखरा–५ को वडा कार्यालय परिसर, ६ नं वडाको सुलभ उपभोक्ता सहकारी संस्था लि, वडा नं ९ स्थित महेन्द्रपुलको फल्चालाई सयपत्री फूलको बिक्री वितरण स्थलका रूपमा तोकिएको हो ।

यसैगरी, पृथ्वीचोकस्थित पोखरा कोशेली घर, पोखरा–९ को सिद्धार्थचोक चौतारी, १० नं वडाको पोखरा रङ्गशाला, वडा नं १३ को किसान बजार, वडा नं १४ को कार्यालय परिसर, वडा नं १५ को किसान बजार, वडा नं १६ र १९ को ठूलीपोखरी किसान बजार, वडा नं १७ विरौटाको किसान बजार, पोखरा–३० खुदीको किसान बजार, वडा नं ३१ को कोट देउराली बहुउद्देश्यीय कृषि सहकारी संस्था लि र वडा नंं २७ तालचोकको कृषि उपज थोक बजारलाई सयपत्री फूलको बिक्रीस्थल तोकिएको हो ।

सरोकार भएका पक्षको समन्वयमा बिक्रीस्थल र फूलको गुणस्तरका आधारमा मूल्य निर्धारण गरिएको आर्थिक महाशाखा प्रमुख कडरियाले बताउनुभयो । स्थानीय उत्पादनको प्रवर्द्धनका लागि महानगरले तिहारमा प्लाष्टिकजन्य फूलको माला बिक्री वितरण नगर्न सम्बन्धित व्यवसायीमा आग्रहसमेत गरेको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल, कास्कीमा आबद्ध ४२ वटा नर्सरी तथा पुष्प व्यवसायीले पोखरामा फूल उत्पादन र बिक्री वितरण गर्दै आएका छन् ।

पुष्प व्यवसायलाई प्रतिस्पर्धी र दिगो बनाउन पोखरा महानगरको प्रवर्द्धनमा एसोसिएसनले तिहारको पूर्वसन्ध्यामा पोखरामा ‘नवौँ गोदावरी पुष्प प्रदर्शनी तथा तेस्रो सयपत्री पुष्प मेला’को पनि आयोजना गरेको छ । बुधबारदेखि सुरु भएको प्रदर्शनीमा फूल अवलोकन मात्र नभएर किनमेलका लागि सर्वसाधारणको घुइँचो लागेको एसोसिएसनले जनाएको छ । प्रदर्शनीले फूल उत्पादक किसान, व्यवसायी र उपभोक्तालाई एकैथलोमा ल्याएको हो ।

स्थानीय फूल उत्पादक किसानलाई बजार उपलब्ध गराउने र उपभोक्तालाई सहज रूपमा फूल तथा फूलका बिरुवा खरिद गर्ने वातावरण सृजनाका लागि प्रदर्शनी आयोजना गरिएको एसोसिएसनका अध्यक्ष रामप्रसाद सुवेदीले बताए।

प्रदर्शनीमा फूलका २२, कृषि सामग्रीका तीन र सूचनामूलक एकगरी २६ प्रदर्शनीकक्ष रहेका छन् । पुष्प व्यवसायको विस्तार तथा बजार प्रवर्द्धन गर्ने उद्देश्यले विगत केही वर्षदेखि पोखरामा पुष्प प्रदर्शनीको आयोजना हुँदै आएको छ ।

2