काठमाडौं। नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्यमा घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा ५ हजार ९ सय रुपैयाँले घटेर २ लाख ८३ हजार रुपैयाँ कायम भएको छ। अघिल्लो दिन बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोलामा एक सय १० रुपैयाँले घटेर ३ हजार ८ सय १० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन बिहीबार चाँदीको मूल्य प्रतितोला ३ हजार ९ सय २० रुपैयाँमा कारोबार भएको थियो।
