Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

चितवनमा वर्षाले सयपत्री फूलखेतीमा ठूलो क्षति

चितवनमा वर्षाले सयपत्री फूलखेतीमा ठूलो क्षति
A A+ A-

चितवन: कात्तिक ११ देखि १४ गतेसम्म परेको अविरल वर्षाका कारण चितवनमा व्यावसायिक रूपमा लगाइएको सयपत्री फूलखेतीमा ठूलो क्षति पुगेको छ। जिल्ला कृषि विकास कार्यालयका अनुसार बजार पठाउने तयारीमा रहेका ५० प्रतिशतभन्दा बढी फूलमा क्षति भएको छ।

बागवानी विकास अधिकृत स्वस्तिका चौहानले वर्षाका कारण फक्रिएका फूलमा पानी जमेर कालो हुने र कुहिने समस्या देखिएको बताउनुभयो। यद्यपि, कोपिला लागेका फूलमा भने खासै क्षति नभएको कार्यालयले जनाएको छ। भरतपुर महानगरपालिका-२६ का किसान दीपक पाख्रिनले दुई बिघामा लगाएको फूलमध्ये आधाभन्दा बढी नोक्सान भएको बताउनुभयो। उहाँका अनुसार एक बिघा फूलखेतीका लागि करिब १ लाख ५० हजार रुपियाँ खर्च हुने गरेको छ।

यस वर्ष चितवनमा ४४ हेक्टर क्षेत्रफलमा सयपत्री खेती गरिएको थियो, जुन गत वर्षको तुलनामा दोब्बर हो। गत वर्ष २१ दशमलव ९२ हेक्टरमा १३१ दशमलव चार मेट्रिक टन उत्पादन भएको थियो। फ्लोरिकल्चर एसोसियसन चितवनका सचिव सुलभ श्रेष्ठले एसोसियसनमा आबद्ध किसानको ३० प्रतिशतभन्दा बढी फूलमा क्षति पुगेको जानकारी दिनुभयो। उहाँले कालो भएका फूल टिपेर फालेमा तिहारअघि बोटबाट पुनः फूल टिप्न सकिने सम्भावना रहेको बताउनुभयो।

जिल्लामा १५० भन्दा धेरै व्यावसायिक किसानले सातवटै पालिकामा फूलखेती गर्दै आएका छन्। यस वर्ष उत्पादन घट्ने देखिएकाले बजारमा फूलको आपूर्ति कम भई मूल्य बढ्न सक्ने अनुमान गरिएको छ।

2