Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

दाङमा खाद्य व्यवस्था कम्पनीले पाँच हजार क्विन्टल धान खरिद गर्ने

दाङमा खाद्य व्यवस्था कम्पनीले पाँच हजार क्विन्टल धान खरिद गर्ने
A A+ A-

काठमाडौं: खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस वर्ष दाङका किसानबाट पाँच हजार क्विन्टल धान खरिद गर्ने भएको छ। केन्द्रीय कार्यालयको निर्देशन अनुसार खरिद प्रक्रिया अघि बढाइएको कम्पनीको तुलसीपुर शाखा कार्यालयका निमित्त प्रमुख शक्तिराम डाँगीले जानकारी दिए।

डाँगीका अनुसार कम्पनीले अहिले धान खरिदका लागि आवश्यक तयारी गरिरहेको छ। धान संकलन गर्ने स्थान र प्रक्रियाबारे काम भइरहेको र देउखुरी क्षेत्रलाई प्राथमिकतामा राखिएको छ। कम्पनीले गत आर्थिक वर्षमा पनि दाङबाट सोही परिमाणमा धान खरिद गरेको थियो।

सरकारले किसानलाई उत्पादनको उचित मूल्य सुनिश्चित गर्न हरेक वर्ष न्यूनतम समर्थन मूल्य तोक्ने गरेको छ। आर्थिक वर्ष २०८३/८४ का लागि सरकारले मोटा धानको मूल्य प्रतिक्विन्टल ३,६६० रुपियाँ र मध्यम धानको ३,८६० रुपियाँ निर्धारण गरेको छ। गत वर्ष मोटा धानको मूल्य ३,४६३ र मध्यम धानको ३,६२८ रुपियाँ थियो।

यद्यपि, सरकारी खरिद प्रक्रियामा हुने ढिलाइले किसान मर्कामा पर्ने गरेका छन्। घोराही उपमहानगरपालिका-१७ का किसान दिपक घर्तीले सरकारी खरिद समयमा सुरु नहुँदा किसानहरूले न्यूनतम समर्थन मूल्यभन्दा कममा धान बिक्री गर्नुपर्ने बाध्यता रहेको बताए।

2