काठमाडौं: आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लक्ष्मीपूजाको अवसर पारेर ‘आइएमई बिग सावधिक जीवन बीमा योजना’ सार्वजनिक गरेको छ। बचत र जीवन सुरक्षालाई प्राथमिकतामा राखेको यस योजनामा बीमितले लोयल्टी बोनससहितका थप सुविधाहरू प्राप्त गर्नेछन्।
यस योजना अन्तर्गत बीमा अवधि पूरा भएपछि बीमित जीवित रहेमा बीमाङ्क रकम, आर्जित बोनस र लोयल्टी बोनस एकमुष्ट प्रदान गरिनेछ। बीमा अवधिभित्र बीमितको मृत्यु भएमा नियमानुसार बीमाङ्क रकम, बोनस र लोयल्टी बोनस भुक्तानी गरिने कम्पनीले जनाएको छ। १८ देखि ६० वर्ष उमेर समूहका व्यक्तिहरूले यो योजना लिन सक्नेछन्। बीमा अवधि १० देखि २५ वर्षसम्मको हुने र न्यूनतम बीमाङ्क रकम २५ हजार रुपैयाँ तोकिएको छ।
योजनाका मुख्य विशेषताहरूमा सहज बीमाशुल्क भुक्तानी, बीमालेख धितोमा कर्जा सुविधा, कर छुट र परिपक्वता लाभ रहेका छन्। साथै, दुर्घटना मृत्यु लाभ, बीमाशुल्क मिनाहा, आम्दानी सुविधा र काजक्रिया खर्च जस्ता पूरक करार सुविधाहरू पनि उपलब्ध छन्।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले बीमितलाई दीर्घकालीन बचत र सुरक्षा प्रदान गर्ने उद्देश्यले यो योजना ल्याइएको बताए। उनले भने, ‘बीमालेखलाई निरन्तरता दिने बीमितलाई प्रोत्साहन गर्दै बीमाप्रतिको जनविश्वास अभिवृद्धि गर्न यस योजनाले सहयोग पु¥याउने विश्वास छ।’ कम्पनीले यस मार्फत ग्राहकको आर्थिक सुरक्षा सुनिश्चित गर्दै जीवन बीमाको पहुँच विस्तार हुने अपेक्षा गरेको छ। थप जानकारीका लागि नजिकैको शाखा कार्यालय, बीमा अभिकर्ता वा कम्पनीको आधिकारिक वेबसाइटमा सम्पर्क गर्न सकिनेछ।
