Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

घट्दो मागले सङ्कटमा मादल व्यवसाय

घट्दो मागले सङ्कटमा मादल व्यवसाय
A A+ A-

धनकुटा: तिहारको रौनक र देउसी-भैलोको अभिन्न अङ्ग मानिने मादलको माग पछिल्ला वर्षहरूमा निरन्तर घट्दै गएको छ। प्रविधिको विकास र मनोरञ्जनका आधुनिक माध्यमहरूको बढ्दो प्रयोगले परम्परागत बाजा मादलको प्रयोगलाई ओझेलमा पारेको छ।

धनकुटा नगरपालिका-१ का मादल व्यवसायी छविलाल सार्की विगतमा तिहार नजिकिएसँगै मादल निर्माणमा निकै व्यस्त हुन्थे। तर, अहिले माग निकै कम भएपछि उनी फुर्सदिलो बनेका छन्। उनले यस वर्ष केही पुराना मादल मर्मत गर्नुबाहेक नयाँ निर्माण गरेका छैनन्। मागको कमी र बढ्दो उमेरका कारण पेसालाई निरन्तरता दिन कठिनाइ भइरहेको उनले बताए।

मादल निर्माण आफैंमा एउटा जटिल र धैर्यपूर्वक गरिने काम हो। काठ छनोटदेखि त्यसलाई खोक्रो बनाउने, छाला तयार पार्ने र खरी लगाउनेसम्मका प्रक्रिया पूरा गर्न धेरै समय र मिहिनेत लाग्छ। एउटा मादल तयार पार्न तीनदेखि सात दिनसम्म लाग्ने र यसको मूल्य रु ५ हजारदेखि रु १५ हजारसम्म पर्ने गर्छ। कच्चा पदार्थका लागि भारतबाट छाला ल्याउनुपर्ने र कामको अनुपातमा आम्दानीको सुनिश्चितता नहुँदा यो पेसा चुनौतीपूर्ण बन्दै गएको छ।

मोबाइल, इन्टरनेट र विद्युतीय वाद्यवादनको प्रयोग बढ्दा देउसी-भैलोमा समेत मादलको प्रयोग कम हुँदै गएको छ। नयाँ पुस्ताको आकर्षण आधुनिक सङ्गीततर्फ बढेकाले मादल बजाउने र बनाउने सीप सिक्नेहरू घट्दै गएका छन्।

गीतकार रमेशचन्द्र अधिकारीका अनुसार मादल केवल बाजा मात्र नभई नेपाली लोकसंस्कृति र मौलिक पहिचानको महत्त्वपूर्ण हिस्सा हो। यो सीप पुस्तान्तरण हुन नसके भविष्यमा दक्ष निर्माता पाउन मुस्किल हुने उनले बताए। आधुनिकतालाई अङ्गीकार गर्दा आफ्नै मौलिक कला र परम्परागत सीपलाई बिर्सनु उचित नहुने चिन्ता सरोकारवालाहरूले व्यक्त गरेका छन्।

2