Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ एकैदिन एक प्रतिशतभन्दा धेरैले बढ्यो

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ एकैदिन एक प्रतिशतभन्दा धेरैले बढ्यो
A A+ A-

काठमाडौं: अन्तर्राष्ट्रिय बजारमा सोमबार सुनको मूल्य १ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। कच्चा तेलको मूल्यमा आएको गिरावटसँगै मुद्रास्फीति बढ्ने चिन्ता कम हुनु र अमेरिकी डलर कमजोर बन्नुले सुनको भाउमा टेवा पुगेको हो।

रोयटर्सका अनुसार सोमबार बिहान सुनको मूल्य प्रतिऔंस १.४ प्रतिशतले बढेर ४ हजार १२३.४६ डलर पुगेको थियो। त्यस्तै डिसेम्बरका लागि कारोबार हुने सुनको मूल्य पनि १.४ प्रतिशतले बढेर प्रतिऔंस ४ हजार १३२.७० डलर कायम भएको छ। गत साता पनि सुनको मूल्य करिब ५ प्रतिशतले बढेको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप सैन्य आक्रमणको सम्भावना न्यून रहेको बताएपछि विश्व बजारमा कच्चा तेलको मूल्य घटेको छ। यसले तेल आपूर्तिमा अवरोध आउने डर कम गरेको छ। केसीएम ट्रेडका प्रमुख बजार विश्लेषक टिम वाटरका अनुसार डलरको तुलनात्मक कमजोरी र तेलको मूल्यमा आएको नियन्त्रणले सुनलाई थप आकर्षक बनाएको हो।

सुनसँगै चाँदीको मूल्य २.५ प्रतिशतले बढेर प्रतिऔंस ५३.१५ डलर, प्लाटिनम १.३ प्रतिशतले बढेर १ हजार ५५३.२३ डलर र प्यालेडियम २.१ प्रतिशतले बढेर १ हजार ४५.११ डलर पुगेको छ।

यद्यपि लगानीकर्ताहरूको ध्यान अब अमेरिकामा सार्वजनिक हुन लागेको मुद्रास्फीतिसम्बन्धी तथ्यांकमा केन्द्रित छ। मंगलबार उपभोक्ता मूल्य सूचकांक र शुक्रबार उत्पादक मूल्य सूचकांक सार्वजनिक हुँदैछ। अमेरिकाको बलियो श्रम बजारका कारण फेडरल रिजर्भले डिसेम्बरमा ब्याजदर बढाउने सम्भावना ८१ प्रतिशतमा पुगेको सीएमईको फेडवाच टुलले जनाएको छ। विश्लेषक वाटरका अनुसार यदि मुद्रास्फीति अपेक्षाभन्दा बढी देखिएमा डलर बलियो हुने र त्यसले सुनको मूल्यमा पुनः दबाब सिर्जना गर्न सक्नेछ।

2