Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

एनभिडियाका सीईओ जेन्सेन हुआङविरुद्ध अनुसन्धान सुरु

एनभिडियाका सीईओ जेन्सेन हुआङविरुद्ध अनुसन्धान सुरु
A A+ A-

काठमाडौं: अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङविरुद्ध अनुसन्धान सुरु गरिएको छ। उनीमाथि चीनका लागि जासुसी गरिरहेकी एक महिलासँग प्रेम सम्बन्ध राखेको र सोही माध्यमबाट गोप्य जानकारी चुहाएको आरोप लागेको छ।

अमेरिकी गुप्तचर निकायले एलिस हुआङ नाम गरेकी ती महिलाले जेन्सेनसँग निकटता बढाएर अमेरिकाको महत्त्वपूर्ण जानकारी चीनलाई दिएको आशंका गरेका छन्। न्युयोर्क टाइम्सका अनुसार जेन्सेनले आइतबार कम्पनीको बोर्डसमक्ष आफ्नो सम्बन्ध स्वीकार गर्दै परिवारसँग माफी मागेका छन्। उनले भने, मैले मेरी श्रीमतीलाई धोका दिएँ।

मेरो कार्यले उनलाई र हाम्रा छोराछोरीलाई चोट पुर्यायो। यसका लागि मसँग कुनै बहाना छैन। मलाई पछुतो छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोको निगरानीमा तयार पारिएको गोप्य प्रतिवेदनमा एलिसलाई चिनियाँ गुप्तचर निकायले जेन्सेनको नजिक हुन परिचालन गरेको दाबी गरिएको छ। एलिसले सिंगापुरस्थित मेगास्पिड कम्पनीमा वरिष्ठ कार्यकारीका रूपमा काम गर्दै आएकी थिइन्। मेगास्पिडले एनभिडियाबाट ४५ हजार करोड डलरभन्दा बढीका चिप खरिद गरिसकेको छ।

अमेरिकी वाणिज्य विभागले यसअघि नै मेगास्पिडले चीनलाई प्रतिबन्धित एआई चिप आपूर्ति गरिरहेको छ कि छैन भनेर अनुसन्धान गरेको थियो। एनभिडियाको बोर्डले कुनै पनि गोप्य जानकारी वा अमेरिकी सुरक्षासँग सम्बन्धित सूचना चुहावट नभएको जनाएको छ। घटनाको थप अनुसन्धानका लागि बाह्य वकिल नियुक्त गरिनेछ र जेन्सेनले सीईओ पदमा रहेर नै अनुसन्धानमा सहयोग गर्नेछन्।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेन्सेनको बचाउ गरेका छन्। उनले जेन्सेनले केही गलत नगरेको बताउँदै आफ्नो आगामी चीन भ्रमणमा उनलाई साथै लैजाने घोषणा गरेका छन्। यद्यपि, सिनेटर एलिजाबेथ वारेनले कम्पनीको बोर्डले कंग्रेसलाई जवाफ दिनुपर्ने माग गरेकी छिन्। रिपब्लिकन सांसद माइकल म्याककुलले पूर्ण अनुसन्धान नभएसम्म चीनतर्फ हुने उन्नत एआई चिपको ढुवानी रोक्न आग्रह गरेका छन्। जेन्सेनका छोरा स्पेन्सर, छोरी म्याडिसन र ज्वाइँ निको क्याप्रेससमेत एनभिडियाका विभिन्न वरिष्ठ पदमा कार्यरत छन्।

2