Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

तनहुँका किसानको सयपत्री खेतीबाट सात गुणा बढी आम्दानी

तनहुँका किसानको सयपत्री खेतीबाट सात गुणा बढी आम्दानी
A A+ A-

काठमाडौं: तनहुँको भानु नगरपालिका-२ दाहालटारका सुभाष रेग्मी दम्पतीले परम्परागत खेती छाडेर सयपत्री फूलखेती गर्दा सात गुणा बढी आम्दानी गरेका छन्। पहिले मासखेती गरिँदै आएको पाँच रोपनी जग्गामा यस वर्ष व्यावसायिक सयपत्री फूलखेती गर्दा दुई लाख रुपियाँ आम्दानी भएको छ। सोही जग्गामा मासखेती गर्दा २५ देखि ३० हजार रुपियाँ मात्र आम्दानी हुने गरेको थियो।

रेग्मीका अनुसार यस वर्ष चार लाख रुपियाँ आम्दानी गर्ने लक्ष्य राखिएको भए पनि फूल फुल्ने समयमा लगातारको वर्षाका कारण उत्पादन र बिक्रीमा केही प्रभाव परेको थियो। यद्यपि, फूलखेतीबाट तुलनात्मक रूपमा राम्रो आम्दानी भएको छ। उत्पादित फूललाई माला उन्नुपर्ने झन्झटबिना नै प्रतिकिलो ३०० देखि ५०० रुपियाँसम्ममा बिक्री गरिएको छ। यस वर्ष उत्पादित फूलमध्ये करिब ९० प्रतिशत काठमाडौँ पठाइएको छ। रेग्मीले हालसम्म करिब ५०० किलो फूल बिक्री गरिसकेको जानकारी दिएका छन्।

भानु नगरपालिकामा जनस्वास्थ्य निरीक्षकका रूपमा कार्यरत रेग्मीले कार्यालयको समयबाहेक बिहान र बेलुकाको समय कृषि कर्ममा बिताउँदै आएका छन्। उनले श्रीमती अन्जना अधिकारी रेग्मीसँग मिलेर फूलखेती, छ रोपनीमा उखुखेती र तीन सय वटा कागतीका बिरुवा लगाएका छन्। सुभाषले भने, “स्वस्थ रहन शारीरिक श्रम आवश्यक छ। बिहान हिँडेर समय बिताउनुभन्दा बारीमा काम गर्दा शरीर पनि सक्रिय हुन्छ र उत्पादन पनि हुन्छ। यसबाट परिवारको आम्दानी बढाउन तथा आत्मनिर्भर बन्न सहयोग पुग्छ।”

फूलबारीमा सयपत्री ढकमक्क फुलेपछि स्थानीय बासिन्दा र अन्य ठाउँका मानिसहरू तस्बिर खिच्न तथा भिडियो बनाउन आउने गरेका छन्। रेग्मी दम्पतीले एउटै खेतीमा मात्र निर्भर नभई विभिन्न कृषि उत्पादनमार्फत आम्दानीका स्रोत विस्तार गर्ने योजना बनाएका छन्। समय र मेहनतको सही सदुपयोग गर्न सके स्वदेशमै कृषि व्यवसायबाट राम्रो आम्दानी गर्न सकिने उनीहरूको अनुभव छ।

2