काठमाडौं: अमेरिकी प्रविधि कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङले पदबाट राजीनामा दिएका छन्। कम्पनीको सञ्चालक समितिले हुआङको राजीनामा स्वीकृत गर्दै उनको बहिर्गमनको घोषणा गरेको हो।
द वाल स्ट्रिट जर्नलका अनुसार हुआङको व्यक्तिगत आचरण र सम्बन्धलाई लिएर विभिन्न प्रश्न उठेपछि यो निर्णय आएको हो। हुआङमाथि एक चिनियाँ महिलासँग प्रेम सम्बन्ध रहेको आरोप लागेको छ। यसअघि उनी कम्पनीकै एक महिला कार्यकारीसँगको सम्बन्धलाई लिएर पनि चर्चामा थिए। न्युयोर्क टाइम्सले कम्पनीका पूर्व कर्मचारीहरूलाई उद्धृत गर्दै हुआङको अर्को सम्बन्ध एनभिडियाको हेल्थकेयर विभागकी उपाध्यक्ष किम्बर्ली पावेलसँग रहेको दाबी गरेको छ।
कम्पनीले नयाँ सीईओ नियुक्त नभएसम्मका लागि वित्त प्रमुख कोलेट क्रेसलाई अन्तरिम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ। सञ्चालक समितिले नयाँ नेतृत्वको खोजी सुरु गरिसकेको र यसका लागि आन्तरिक तथा बाह्य दुवै क्षेत्रका उम्मेदवारहरूलाई समेटिने जनाएको छ।
