काठमाडौं। एनएमबि बैंकले आफ्नो ३१औँ वार्षिक साधारण सभा आह्वान गरेको छ।
बैंकले आगामी मंसिर २५ गते शुक्रवार सभा गर्ने निर्णय गरेको हो। सभामा गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई लाभांश वितरण गर्ने मुख्य प्रस्ताव पेश गरिनेछ।
बैंकले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको छ। यसमा कर प्रयोजनार्थको रकमसमेत समावेश छ।
साथै, सभाले बैंकको वार्षिक प्रतिवेदन पारित गर्ने, एनएमबि अविमोच्य असञ्चिति अग्राधिकार शेयरका लागि ८.२५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने र लेखापरीक्षक नियुक्त गर्ने लगायतका एजेन्डाहरूमा छलफल गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले मंसिर ११ गते बुकक्लोज गर्ने मिति तय गरेको छ।
