Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

सिरहा र धनुषा जोड्ने कमला पुल सञ्चालनको अन्तिम तयारीमा

सिरहा र धनुषा जोड्ने कमला पुल सञ्चालनको अन्तिम तयारीमा
A A+ A-

काठमाडौं: मधेशको जीवनरेखा मानिएको हुलाकी सडकअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला पुल सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ।

हुलाकी सडक निर्देशनालय जनकपुरधामका प्रमुख कृष्णकुमार महतोका अनुसार पुलमा रेलिङ लगाउने काम भइरहेको छ। आगामी मङ्सिरको पहिलो साताभित्र पुल सञ्चालनमा ल्याउने लक्ष्यसहित निर्माण कार्यलाई तीव्रता दिइएको छ। भौतिक पूर्वाधार मन्त्रालयको निरन्तर चासोपछि बाँकी कामले गति लिएको महतोले बताए।

विसं २०६८ मा २४ करोड ९१ लाख रुपियाँको लागतमा ४२ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी पुलको ठेक्का दिइएको थियो। सुरुमा पप्पु कन्स्ट्रक्सनले ठेक्का पाए पनि काम ढिलाइ भएपछि लुम्बिनी बिल्डर्सलाई जिम्मेवारी दिइएको थियो। निर्माण सम्पन्न भई उद्घाटनको मिति तय भइसकेको अवस्थामा २०७८ असार १७ गते आएको बाढीले पुलका पूर्व र पश्चिमतर्फका पाया भासिएका थिए।

चालु आर्थिक वर्षमा सरकारले पुनर्निर्माण र सञ्चालनका लागि २५ करोड रुपियाँ विनियोजन गरेको छ। हाल पुलका तीनवटा पाया र स्ल्याब निर्माण तथा ढलानको काम सम्पन्न भएको छ।

साथै, नदीको बहाव डाइभर्सन गरी पानीको निकास मिलाउने काम पनि सकिएको छ। पुल सञ्चालनका लागि सिरहा क्षेत्र नं. १, २, ३ र ४ का सांसदहरू बब्लु गुप्ता, शिव यादव, शम्भु यादव र तपेश्वर यादवले सम्बन्धित निकायमा निरन्तर ध्यानाकर्षण गराउँदै आउनुभएको छ।

2