Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

राँगाभैँसीको मासु चीन निर्यात गर्ने उद्योगका लागि बिस अर्ब वैदेशिक लगानी स्वीकृत

राँगाभैँसीको मासु चीन निर्यात गर्ने उद्योगका लागि बिस अर्ब वैदेशिक लगानी स्वीकृत
अ+ अ-

काठमाडौँ- चीनको साझेदारीमा सिन्धुलीमा निर्माण हुन थालेको भैँसीको मासु प्रशोधन फ्याक्ट्री (प्रोसेस्ड कुक्ड बफेलो मिट फ्याक्ट्री) का लागि २० अर्ब रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) स्वीकृत भएको छ । फ्याक्ट्री स्थापनाका लागि चीनको सिचुआन प्रान्तस्थित छेङ्दु जियान फुड कम्पनी लिमिटेडको २० अर्ब रुपियाँ लगानी हालै उद्योग विभागमा स्वीकृत भएको हो । पहिलो पटक फ्याक्ट्री स्थापनाका लागि एउटै परियोजनामार्फत ठुलो रकम स्वीकृत भएको हो ।

विभागका विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखा प्रमुख प्रशान्त बोहोराले एउटै परियोजना सञ्चालनका लागि २० अर्ब रुपियाँ लगानी स्वीकृत भएको जानकारी दिनुभयो । विभागका अनुसार स्वीकृत अनुमति पाएको १२ महिनाभित्रमा छ अर्ब, २७ महिनाभित्र थप १० अर्ब र ३६ महिनामा थप चार अर्ब रुपियाँ गरी २० अर्ब रुपियाँ नेपालमा भित्र्याइसक्नुपर्ने सीमा निर्धारण गरिएको छ ।

हिमालयन फुड इन्टरनेसनल प्राइभेट लिमिटेडले चीनको साङ्घाई जियान पब्लिक लिमिटेडको सहायक कम्पनी छेङ्दु जियान फुड लिमिटेडको आर्थिक सहयोगमा अत्याधुनिक पूर्ण स्वचालित फ्याक्ट्री निर्माण गरी सञ्चालनमा ल्याउन लागिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले लगानी स्वीकृत भएकोमा खुसी व्यक्त गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमा त्यस्तो खुसी व्यक्त गर्नुभएको हो ।

उहाँको चीन भम्रणका क्रममा नेपालबाट राँगाभैँसीको मासु निर्यात गर्ने विषयमा दुई देशबिच सहमति भएको थियो । सोही अनुसार पुस २०८० मा मासु निर्यातका लागि नेपालतर्फबाट हिमालयन फुड इन्टरनेसनल प्रालि र चीनको साङ्घाई जियान फुड प्रालिबिच सम्झौता भएको थियो ।

हिमालय फुड इन्टरनेसनल प्रालिका अध्यक्ष नवीन शर्माले कारखाना निर्माण गर्न तथा मासु उत्पादन गर्न २७ अर्ब ६४ करोड ८४ लाख ६० हजार रुपियाँ लाग्ने जानकारी दिनुभयो । २० अर्ब चीनको छेङ्दु जियान फुड लिमिटेड र बाँकी सात अर्ब रुपियाँ नेपाली साझेदारमा कम्पनी हिमालयन फुड इन्टरनेसनलले लगानी गर्नुपर्ने सम्झौता रहेको उहाँले जानकारी दिनुभयो । २० अर्ब रुपियाँ कारखाना निर्माण र प्लान्टमा खर्च हुने छ । उहाँका अनुसार बाँकी सात अर्ब रुपियाँ पशुपालन, पशुपालनका लागि आवास, कामदार बस्ने आवास र घाँस खेतीमा खर्च हुने छ ।

सिन्धुलीको मरिणमा आगामी भदौ दोस्रो सातादेखि फ्याक्ट्रीको पूर्वाधार निर्माण अगाडि बढ्ने उहाँले जानकारी दिनुभयो । फ्याक्ट्री निर्माणका लागि १० बिघा जग्गा पास गरिसकेको र ४० बिघा हदबन्दीभन्दा धेरै हुने भएकाले फरक फरक कम्पनीबाट खरिद गर्न लागिएको उहाँले जानकारी दिनुभयो । पूर्वाधार निर्माणको काम सकेर दुईदेखि तीन वर्षमा मासु निर्यात गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

2