काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी तथा फलफूलको नयाँ थोक मूल्यसूची सार्वजनिक गरेको छ।
समितिका अनुसार नेपाली तथा भारतीय ठूलो गोलभेडाको औसत थोक मूल्य प्रतिकेजी ६५ रुपैयाँ कायम भएको छ।
बजारमा सानो गोलभेडाको मूल्यमा विविधता देखिएको छ। स्थानीय सानो गोलभेडा प्रतिकेजी औसत १५ रुपैयाँ ६० पैसा, टनेलको ३७ रुपैयाँ र तराईको ३८ रुपैयाँ ३३ पैसामा कारोबार भइरहेको छ।
आलुको मूल्यमा पनि भिन्नता छ। नेपाली रातो आलु (लाम्चो, गोलो र मुडे) को औसत मूल्य ५७ रुपैयाँ ५० पैसा तोकिएको छ। त्यस्तै, भारतीय रातो आलु प्रतिकेजी ३२ रुपैयाँ ५० पैसा र सेतो आलु ३० रुपैयाँमा बिक्री भइरहेको छ। सुकेको भारतीय प्याजको औसत मूल्य प्रतिकेजी ८९ रुपैयाँ ५० पैसा कायम भएको छ।
अन्य तरकारीतर्फ, स्थानीय गाजरको औसत मूल्य ८५ रुपैयाँ छ भने तराईको गाजर ५६ रुपैयाँ २५ पैसामा उपलब्ध छ। स्थानीय बन्दाको मूल्य २७ रुपैयाँ ५० पैसा, स्थानीय काउली २६ रुपैयाँ ८८ पैसा र तराईको काउली १९ रुपैयाँ ३८ पैसा औसत मूल्यमा कारोबार भइरहेको समितिले जनाएको छ।
