Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

भीमदत्त राजमार्गमा सुन्तलाको व्यापारले बढायो किसानको आकर्षण

भीमदत्त राजमार्गमा सुन्तलाको व्यापारले बढायो किसानको आकर्षण
A A+ A-

डडेलधुरा। सुदूरपश्चिमका पहाडी जिल्लालाई तराईसँग जोड्ने भीमदत्त राजमार्ग अहिले सुन्तला र अन्य कृषि उपजले पहेँलपुर बनेको छ।

बैतडीको खोड्पे, डडेलधुराको भातकाँडा, डोटीको गैरा र बुडर हुँदै कैलालीको सहजपुरसम्मका सडककिनारमा किसानले उत्पादन गरेका ताजा फलफूल तथा तरकारीको व्यापार फस्टाएको छ। राजमार्ग छेउका साना टहरामा सुन्तला, दाँते ओखर, कागती, अदुवा र टिमुर सजाएर राखिएका छन्।

पाटन नगरपालिका-८ खोड्पेका किसान जयसिंह विष्टका अनुसार यात्रुहरूले गाडी रोकेरै प्रतिकिलो ५०० रुपियाँमा ओखर किन्ने गरेका छन्।

त्यस्तै डोटीको जोरायल गाउँपालिका-२ की सुशीला ओलीले सुन्तला प्रतिकिलो ११० रुपियाँमा बिक्री भइरहेको बताउनुभयो। यो राजमार्ग खण्ड अहिले यात्रुका लागि कोसेली किन्ने प्रमुख केन्द्र बनेको छ।

यहाँ शुद्ध घिउ, मह, केरा, भाँगो र जोरायल बासमती चामलसमेत पाइन्छ। व्यवसायी रमेश शाहीका अनुसार जोरायल बासमती चामलको माग अत्यधिक छ। यहाँ उत्पादित कृषि उपज धनगढीदेखि काठमाडौँसम्म पुग्ने गरेका छन्।

सरकारको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले यी क्षेत्रलाई ‘सुन्तला सुपर जोन’ का रूपमा विकास गरिरहेको छ। कैलालीको निङाली, सहजपुर, खैराला, डोटीको जोरायल, बडीकेदार, केआईसिंह र डडेलधुराका विभिन्न क्षेत्रमा सुन्तला खेती विस्तार भएको छ।

कृषि ज्ञान केन्द्र डडेलधुराका अनुसार डडेलधुरामा ३१० हेक्टरमा २,७०० मेट्रिक टन सुन्तला उत्पादन हुँदा वार्षिक ६ करोड ५० लाख रुपियाँ आम्दानी हुने गरेको छ।

त्यसैगरी डोटीमा २६२ हेक्टरबाट ३,४०८ मेट्रिक टन उत्पादनमार्फत करिब ८ करोड रुपियाँ भित्रिने गरेको छ। राजमार्ग छेउको यो व्यापारले किसानलाई स्वरोजगार बनाउनुका साथै सुदूरपश्चिमको अर्थतन्त्रको बलियो आधार तयार पारेको छ।

2