Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

किसानलाई धान भित्र्याउने चटारो

किसानलाई धान भित्र्याउने चटारो
A A+ A-

ओखलढुङ्गा। तिहार सकिए लगत्तै ओखलढुङ्गाका किसानलाई धान भित्र्याउने चटारो बढेको छ । जिल्लाका मुख्य धान उत्पादन हुने क्षेत्रका किसान यतिबेला धान भित्र्याउन व्यस्त भएका छन् ।

यहाँका किसानलाई खेतमा पहेँलपुर भएर पाकेको धान काट्न, बिटा लगाउन, पराल कुन्यू लगाउन र धान घरमा भित्र्याउने चटारो बढेको हो ।

जिल्लाको पिप्लेटारी, चार्खु, मूलघाट, शेर्ना, हर्कपुर, रामपुर, जरायोटार, शिल्खुबेँसी, शेराबेँसी, बाह्रबिसेलगायतका ठाउँमा बढी मात्रामा धान खेती हुँदै आएको छ ।

तिहार सकिएलगत्तै मौसमलाई ध्यान दिँदै धान भित्र्याउने काममा व्यस्तता बढेको मोलुङ गाउँपालिका–४ जरायोटारका किसान भक्त खत्रीले बताए ।

जिल्लामा यस वर्ष कम पानी परेपछि ढीला रोपाइँ भएको थियो । कृषि ज्ञान केन्द्र ओखलढुङ्गाका अनुसार जिल्लामा तीन हजार ८ सय ३ हेक्टर क्षेत्रमा धान रोपाइँ भएको थियो ।

2