काठमाडौं: नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला एक हजार १०० रुपैयाँले घटेको हो।
यससँगै सुनको मूल्य दुई लाख ६९ हजार १०० रुपैयाँ कायम भएको छ। आइतबार सुन प्रतितोला दुई लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आइतबार प्रतितोला तीन हजार ६०० रुपैयाँ रहेको चाँदीको मूल्य सोमबार ८० रुपैयाँले घटेर तीन हजार ५२० रुपैयाँमा कारोबार भइरहेको छ।
