Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

कृष्णनगर राजस्व कार्यालयले ३.५ महिनामा उठायो ६७ करोड राजस्व

कृष्णनगर राजस्व कार्यालयले ३.५ महिनामा उठायो ६७ करोड राजस्व
A A+ A-

कृष्णनगर: आन्तरिक राजस्व कार्यालय कृष्णनगरले चालु आर्थिक वर्ष २०८३/०८४ को साढे ३ महिनामा ६७ करोड ४२ लाख ७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। साउनदेखि कात्तिक १८ गतेसम्मको अवधिमा कार्यालयले सो राजस्व संकलन गरेको हो। चार महिनाका लागि तोकिएको ९८ करोड ६७ लाख ८६ हजार रुपैयाँको लक्ष्यमध्ये ६८.३२ प्रतिशत राजस्व संकलन भएको छ।

कार्यालयका सूचना अधिकारी पिताम्बर न्यौपानेका अनुसार आयकर र अन्य कर शीर्षकमा लक्ष्यभन्दा बढी राजस्व संकलन भएको छ। साढे ३ महिनाको अवधिमा आयकरबाट २० करोड ६४ लाख ९७ हजार रुपैयाँ संकलन भएको छ, जुन लक्ष्यभन्दा ११.३९ प्रतिशतले बढी हो। त्यस्तै अन्य कर शीर्षकमा ३० लाख २७ हजार रुपैयाँ संकलन भएको छ, जुन लक्ष्यको तुलनामा चार गुणा बढी हो।

यस अवधिमा बहाल करबाट २२ लाख ८४ हजार, ब्याजबाट १ करोड ५१ लाख १७ हजार, मूल्य अभिवृद्धि कर (भ्याट) बाट १४ करोड ३५ लाख १३ हजार, अन्त:शुल्कबाट २९ करोड ५५ लाख ५२ हजार र स्वास्थ्य शुल्कबाट ८२ लाख १८ हजार रुपैयाँ संकलन भएको छ। कार्यालयले साउनदेखि असोजसम्म अन्त:शुल्क ६८, आईटीएक्स ३२२, व्यक्तिगत प्यान १ हजार १३५, भ्याट १०५ र डब्लुपिएन ४ वटा जारी गरेको छ।

सूचना अधिकारी न्यौपानेले आयकर लक्ष्यभन्दा बढी उठे पनि अन्त:शुल्क भने लक्ष्यअनुसार संकलन हुन नसकेको बताए। कार्यालय प्रमुख कृष्णप्रसाद न्यौपानेले उपहार कार्यक्रमका कारण बिल लिनेको संख्यामा वृद्धि भएको जानकारी दिए। कार्यालयले स्थानीय तह र उद्योग वाणिज्य संघसँगको समन्वयमा करदाता शिक्षा कार्यक्रमलाई पनि निरन्तरता दिँदै आएको छ। गत आर्थिक वर्षमा कार्यालयले २ अर्ब ९२ करोड ४६ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो, जुन वार्षिक लक्ष्यको ९९.१० प्रतिशत हो।

2