Logo

आजका लागि विदेशी मुद्राको विनिमय दर

अ+ अ-

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपियाँ ७७ पैसा र बिक्रीदर १४० रुपियाँ ३७ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १६१ रुपियाँ ९३ पैसा र बिक्रीदर १६२ रुपियाँ ६३ पैसा ,युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८५ रुपियाँ ६१ पैसा र बिक्रीदर १८६ रुपियाँ ४० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७३ रुपियाँ ८४ पैसा र बिक्रीदर १७४ रुपियाँ ५९ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपियाँ ५३ पैसा र बिक्रीदर ९० रुपियाँ ९२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपियाँ ३७ पैसा र बिक्रीदर १०१ रुपियाँ ८१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपियाँ ४६ पैसा र बिक्रीदर १०८ रुपियाँ ९२ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ४८ पैसा र बिक्रीदर नौ रुपियाँ ५२ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ३८ पैसा र बिक्रीदर १९ रुपियाँ ४६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ २६ पैसा र बिक्रीदर ३७ रुपियाँ ४२ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ २४ पैसा र बिक्रीदर ३८ रुपियाँ ४० पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ३० पैसा र बिक्रीदर चार रुपियाँ ३२ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ०५ पैसा र बिक्रीदर ३८ रुपियाँ २२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ ६८ पैसा र बिक्रीदर ३२ रुपियाँ ८२ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ ०६ पैसा र बिक्रीदर १० रुपियाँ ११ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ४९ पैसा र बिक्रीदर १४ रुपियाँ ५५ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ७० पैसा र बिक्रीदर २१ रुपियाँ ७९ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ८१ पैसा र बिक्रीदर १७ रुपियाँ ८८ पैसा, कुवेती दिनार एकको खरिददर ४५७ रुपियाँ ३६ पैसा र बिक्रीदर ४५९ रुपियाँ ३३ पैसा, बहराइन दिनार एकको खरिददर ३७० रुपियाँ ७४ पैसा र बिक्रीदर ३७२ रुपियाँ ३३ पैसा, ओमनी रियाल एकको खरिददर ३६३ रुपियाँ ०२ पैसा र विक्रीदर ३६४ रुपियाँ ५८ पैसा रहेको छ ।

भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।