Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

फोहर बिक्रीबाट व्यास नगरपालिकालाई नौ लाख आम्दानी

फोहर बिक्रीबाट व्यास नगरपालिकालाई नौ लाख आम्दानी
A A+ A-

तनहुँ। व्यास नगरपालिकाले चालु आर्थिक वर्षको साउनदेखि कात्तिक १९ गतेसम्म फोहर बिक्री गरेर रु नौ लाख ४० हजार ४९४ आम्दानी गरेको छ ।

नगरपालिकाले कागज, कार्टुन, फलाम, प्लास्टिक तथा सिसाजन्य सामग्री बिक्री गरेर उक्त आम्दानी गरेको प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिए । नगरपालिकाले गत आर्थिक वर्ष २०८२/८३ मा फोहर बिक्रीबाट रु २७ लाख आम्दानी गरेको थियो ।

नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा बिक्रीयोग्य फोहर व्यवस्थापन तथा बिक्रीका लागि बोलपत्र आह्वान गरेको थियो । त्यसअनुसार गत आर्थिक वर्षको मूल्यमा १० प्रतिशत थप गरी तनहुँ स्क्रेप सेन्टर, व्यास–१ लाई फोहर बिक्रीको जिम्मा दिइएको थियो ।

घरबाटै कुहिने र नकुहिने फोहर छुट्याएर संकलन गर्न थालेपछि व्यवस्थापनमा सहज भएको लम्सालले बताए। नगरपालिकाले कुहिने र नकुहिने फोहर छुट्टाछुट्टै गाडीमा संकलन गर्दै आएको छ । बिक्रीयोग्य सामग्री बिक्रीबाट प्राप्त रकमले नगरपालिकाको आन्तरिक आम्दानी बढाउन सहयोग पुगेको छ ।

नगरप्रमुख वैकुण्ठ न्यौपानेका अनुसार व्यास नगरपालिका–१३ मा सरसफाइ व्यवस्थापनका लागि जग्गा खरिद गर्न आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित मन्त्रालयमा सिफारिस गरिएको भए पनि निर्णय हुन नसक्दा दीर्घकालीन फोहरमैला व्यवस्थापनमा समस्या भइरहेको छ ।

नगरपालिकाले नगरका टोल, वडा र विद्यालयमा पुगेर फोहर वर्गीकरणसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ । कार्यालय परिसरमा संकलित नकुहिने फोहरबाट कागज, सिसा र प्लास्टिकजन्य सामग्री छुट्याएर बिक्री गर्ने गरिएको छ ।

कुहिने फोहर भने दुम्सीस्थित गौसंरक्षण केन्द्रमा व्यवस्थापन गरी बायोग्यास उत्पादनमा प्रयोग हुँदै आएको छ । नगरपालिकाले बजार क्षेत्रका वडा नं २, ३ र ४ बाट दैनिक फोहर संकलन गर्दै आएको छ । ती क्षेत्रबाट दैनिक करिब ११ टन फोहर संकलन हुने गरेको छ ।

2