काठमाडौं: सेयरबजार परिसूचक नेप्सेमा बुधबार ११.०५ अंकको गिरावट आएको छ। यस गिरावटसँगै नेप्से २६२५.०५ विन्दुमा ओर्लिएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन कुल ४ अर्ब १५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
बजारमा आएको गिरावटसँगै १९९ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ७० वटा कम्पनीको मूल्यमा वृद्धि भएको छ। १० वटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन। कारोबारमा सामेल कम्पनीहरूको सेयर मूल्य अधिकतम ३.२६ प्रतिशतले बढ्दा ८.६३ प्रतिशतसम्मले घटेको छ।
बुधबारको कारोबारमा रिलायन्स स्पिनिङ मिल्स सबैभन्दा अगाडि देखिएको छ। उक्त कम्पनीको मात्र ३२ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। उपसूचकहरूको अवस्था हेर्दा सामूहिक लगानी कोष र वाणिज्य बैंक समूह हरियो देखिएका छन् भने बाँकी सबै उपसूचकहरू राताम्य भएका छन्।
