काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपियाँ १९ पैसा र बिक्रीदर १४० रुपियाँ ७९ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १६१ रुपियाँ ८४ पैसा र बिक्रीदर १६२ रुपियाँ ५३ पैसा ,युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपियाँ १४ पैसा र बिक्रीदर १८६ रुपियाँ ९३ पैसा , स्वीस फ्रयाङ्क एकको खरिददर १७३ रुपियाँ ०३ पैसा र बिक्रीदर १७३ रुपियाँ ७७ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपियाँ ५५ पैसा र बिक्रीदर ९० रुपियाँ ९४ पैसा , क्यानेडियन डलर एकको खरिददर १०१ रुपियाँ ५९ पैसा र बिक्रीदर १०२ रुपियाँ ०३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपियाँ ८० पैसा र बिक्रीदर १०९ रुपियाँ २७ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ ५० पैसा र बिक्रीदर नौ रुपियाँ ५४ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ५१ पैसा र बिक्रीदर १९ रुपैयाँ ५९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ ३७ पैसा र बिक्रीदर ३७ रुपियाँ ५२ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ४६ पैसा र बिक्रीदर ३८ रुपियाँ ६३ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ३२ पैसा र बिक्रीदर चार रुपियाँ ३४ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ १७ पैसा र बिक्रीदर ३८ रुपियाँ ३३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपियाँ १६ पैसा र बिक्रीदर ३३ रुपियाँ ३० पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ ०८ पैसा र बिक्रीदर १० रुपियाँ १३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ४८ पैसा र बिक्रीदर १४ रुपियाँ ५४ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ६९ पैसा र बिक्रीदर २१ रुपियाँ ७८ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ८६ पैसा र बिक्रीदर १७ रुपियाँ ९४ पैसा, कुवेती दिनार एकको खरिददर ४५८ रुपियाँ ४५ पैसा र बिक्रीदर ४६० रुपियाँ ४१ पैसा, बहराइन दिनार एकको खरिददर ३७१ रुपियाँ ८४ पैसा र बिक्रीदर ३७३ रुपियाँ ४३ पैसा, ओमनी रियाल एकको खरिददर ३६४ रुपियाँ १२ पैसा र विक्रीदर ३६५ रुपियाँ ६७ पैसा रहेको छ ।
भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।