काठमाडौं: बिहीबार सेयर बजार परिसूचक नेप्से ३.६२ अंकले बढेर २६२८.६७ विन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन कुल ३ अर्ब ८७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
कारोबारमा सहभागी भएकामध्ये १३८ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १३२ वटा कम्पनीको सेयर मूल्य घटेको छ। साथै १० वटा कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएको छैन। यस दिन बजारमा सेयर मूल्य अधिकतम ६ प्रतिशतसम्मले बढेको छ भने ५.४५ प्रतिशतसम्मले घटेको छ।
कारोबार रकमका आधारमा एनआईसी एसिया बैंक अग्रस्थानमा रहेको छ। बैंकको १६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको हो। क्षेत्रगत सूचकहरूमा वाणिज्य बैंक, फाइनान्स, होटल तथा पर्यटन, उत्पादन र व्यापार समूहका सूचकहरूमा वृद्धि देखिएको छ भने बाँकी समूहका सूचकहरू घटेका छन्।
