Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

बाँके राष्ट्रिय निकुञ्ज बन्दै पर्यटनको नयाँ गन्तव्य

बाँके राष्ट्रिय निकुञ्ज बन्दै पर्यटनको नयाँ गन्तव्य
A A+ A-

बाँके। सहरबाट नजिकै वन्यजन्तु अवलोकन, जङ्गल सफारी र प्रकृतिको अनुपम सङ्गमका कारण बाँके राष्ट्रिय निकुञ्ज आन्तरिक तथा बाह्य पर्यटकका लागि नयाँ गन्तव्यका रूपमा विकास हुँदै गएको छ।

नेपालगञ्जबाट आधा घण्टाको यात्रामै पुग्न सकिने बाँके राष्ट्रिय निकुञ्ज प्रकृतिसँग साक्षात्कार गर्ने, वन्यजन्तुलाई नजिकबाट नियाल्ने र जङ्गलको मौनताभित्र रोमाञ्चक अनुभव बटुल्ने ठाउँ बनेको छ। वर्षायाम सकिएसँगै सुरु भएको हिउँदको खुला मौसम, चिसो हावा र हरियालीको सुवाससँगै जङ्गल सफारी पनि सुरु भएपछि बाँकेमा पर्यटनको नयाँ सम्भावना र ऊर्जा थपिएको छ।

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष चिरञ्जीवी ओलीले पश्चिम नेपालमा पर्यटन प्रवर्द्धनका लागि बाँके राष्ट्रिय निकुञ्ज नयाँ गन्तव्यका रूपमा स्थापित हुँदै गएको बताए। टाढाका पर्यटकीय गन्तव्यको चर्चा गर्दा आफ्नै नजिकको सम्भावनालाई बिर्सने प्रवृत्ति बदल्दै अब बाँके निकुञ्जमै पर्यटन प्रवर्द्धन गर्न आवश्यक रहेको उनले बताए।

“घुम्नका लागि सधैँ टाढा पुग्नुपर्दैन। कहिलेकाहीँ आफ्नै वरिपरि लुकेको प्रकृतिको संसार चिन्न र त्यसलाई अरूमाझ चिनाउनु नै पर्यटन विकासको पहिलो पाइला हुन्छ,” ओलीले भने, “वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल सुरु भएको छ। हिउँदमा जङ्गलको दृश्य, वन्यजन्तुको गतिविधि नियाल्ने अवसर र खुला मौसमले सफारीलाई फरक अनुभव दिन सक्छ।”

उनका अनुसार जीपमा बसेर जङ्गलका घुमाउरा बाटा पार गर्दै वन्यजन्तुको खोजी गर्नु, चराचुरुङ्गीको आवाज सुन्नु, प्राकृतिक वनस्पति नियाल्नु र जङ्गलको विशालता महसुस गर्नु आफैँमा विशेष अनुभव हो। समयले साथ दिए बाघ, हात्ती, चित्तल, नीलगाई वा अन्य वन्यजन्तुको झलक देख्न पाउनु यात्राको अविस्मरणीय क्षण बन्न सक्छ।

जङ्गल सफारीको वास्तविक आनन्द प्रकृतिको वातावरणमा रमाउनु र वन्यजन्तुलाई उनीहरूको प्राकृतिक बासस्थानमै सम्मानपूर्वक अवलोकन गर्नुमा रहेको ओलीको भनाइ छ। हिउँदे मौसममा परिवार, साथीभाइ, विद्यार्थी समूह, प्रकृतिप्रेमी र फोटोग्राफीमा रुचि राख्नेहरूका लागि यो आकर्षक गन्तव्य बन्न सक्छ। सीमित समय र बजेटमा छोटो यात्रा गर्न चाहनेहरूका लागि पनि नेपालगञ्ज आसपासको यो प्राकृतिक सम्पदा राम्रो विकल्प हुन सक्ने उनले बताए।

पर्यटनको ब्रान्ड

बाँके राष्ट्रिय निकुञ्जको महत्त्व वन्यजन्तु संरक्षणमा मात्र सीमित छैन। यसले बाँके जिल्लाको पर्यटन पहिचान विस्तार गर्ने, स्थानीय अर्थतन्त्रमा नयाँ गतिविधि थप्ने र नेपालगञ्जलाई पश्चिम नेपालको पर्यटन प्रवेशद्वारका रूपमा स्थापित गर्ने सम्भावना बोकेको होटल व्यवसायी सङ्घ बाँकेका अध्यक्ष भीमलाल कँडेलले बताए।

“कुनै गन्तव्य आफैँ चर्चित हुँदैन। त्यसका लागि निरन्तर प्रचार, सहज पहुँच, गुणस्तरीय सेवा, स्पष्ट पर्यटकीय प्याकेज र पर्यटकले आफ्नो अनुभव सुनाउने वातावरण चाहिन्छ,” उनले भने, “पर्यटन विकासमा निजी क्षेत्रको भूमिका निर्णायक हुन सक्छ। होटल व्यवसायी, ट्राभल्स तथा टुर सञ्चालक, यातायात व्यवसायी, रेस्टुरेन्ट, स्थानीय उद्यमी, सञ्चारमाध्यम र पर्यटनसँग सम्बन्धित सङ्घसंस्थाले यस निकुञ्जलाई साझा गन्तव्यका रूपमा प्रचार गर्न सक्छन्।”

उनका अनुसार नेपालगञ्जका होटलहरूले पाहुनालाई स्वागत गर्दा वा पर्यटनसम्बन्धी जानकारी दिँदा निकुञ्ज सफारीको विकल्प प्रस्तुत गर्न थालेका छन्। होटलमा बस्ने पर्यटकका लागि एकदिने जङ्गल सफारी, स्थानीय खानपान र आसपासका गन्तव्य समेटिएको प्याकेज उपलब्ध गराउन सकिन्छ।

निजी क्षेत्रले प्रचारमा लगानी गर्दा त्यसको लाभ एउटै व्यवसायमा मात्र सीमित हुँदैन। पर्यटकको आवागमन बढेमा होटल, यातायात, खानपान, गाइड सेवा, स्थानीय उत्पादन र साना उद्यमसम्म आर्थिक गतिविधि विस्तार हुन सक्छ। त्यसैले निकुञ्जको ब्रान्डिङलाई बाँकेको साझा आर्थिक अभियानका रूपमा बुझ्नुपर्ने कँडेलको सुझाव छ।

पर्यटन प्रवर्द्धनमा तारे होटल

बाँके राष्ट्रिय निकुञ्जमा पर्यटन प्रवर्द्धनका लागि यहाँका तारे होटल पनि सक्रिय भएका छन्। निकुञ्जका पाँचवटै जङ्गल सफारी मार्ग सञ्चालनमा आएसँगै जिल्लाको पर्यटन प्रवर्द्धन र पर्यटक आकर्षित गर्न होटल व्यवसायीले आन्तरिक तथा बाह्य पर्यटक, विशेषगरी भारतीय पर्यटकलाई लक्षित गरी नेपालगञ्ज र कोहलपुरस्थित तारे होटलबाट विशेष सफारी प्याकेज तयार पार्ने तयारी तीव्र बनाएका छन्।

बाँके राष्ट्रिय निकुञ्जलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने तथा जिल्लामा पर्यटकको आगमन र बसाइ अवधि बढाउने उद्देश्यले होटल व्यवसायीहरूले निकुञ्ज प्रशासन र स्थानीय होमस्टेसँगको सहकार्यमा एकीकृत पर्यटन प्याकेज निर्माणको पहल थालेको नेपाल पर्यटन बोर्ड, नेपालगञ्जका अध्यक्ष डिल्ली रेग्मीले बताए।

निकुञ्जमा रहेको पर्यटकीय सम्भावनालाई प्रभावकारी रूपमा स्थापित गर्न होटल व्यवसायीलाई योजनाको केन्द्रमा राखेर पर्यटक आकर्षित गर्ने रणनीति अघि बढाइएको उनले बताए।

रेग्मीका अनुसार निकुञ्जको पर्यटन प्रवर्द्धनलाई होटल व्यवसायसँग जोड्दै पर्यटकका लागि सहज, आकर्षक र व्यवस्थित प्याकेज निर्माण गर्न बाँकेका तारे होटल सञ्चालकलाई सहभागी गराइएको छ। उनीहरूको अनुभव, लगानी र व्यावसायिक क्षमताको उपयोग गर्दै सफारी प्याकेजको योजना बनाउने काम भइरहेको छ।

प्रस्तावित प्याकेजमा होटलदेखि निकुञ्जसम्मको यातायात व्यवस्था, अनुभवी पथप्रदर्शक (गाइड), निकुञ्ज प्रवेश शुल्क, जिप सफारी तथा स्थानीय परिकारको स्वादलगायत सेवा समेटिनेछन्। यसबाट पर्यटकले एउटै प्याकेजमार्फत आवश्यक सेवा पाउनुका साथै स्थानीय समुदाय, होमस्टे र होटल व्यवसायले समेत प्रत्यक्ष लाभ लिन सक्ने अपेक्षा गरिएको छ।

जङ्गल सफारीसँगै पर्यटनमा चहलपहल

वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल बढेको छ। मनसुन सकिएपछि हरियालीले सजिएको निकुञ्जका कच्ची बाटा मर्मत गरी पर्यटकका लागि जङ्गल सफारी खुला गरिएको गाभर भ्याली सामुदायिक होमस्टेका अध्यक्ष कृष्ण चौधरीले बताए।

उनका अनुसार नेपालको सबैभन्दा कान्छो राष्ट्रिय निकुञ्जका रूपमा चिनिने बाँके राष्ट्रिय निकुञ्ज जैविक विविधताले भरिपूर्ण छ। यहाँ पाइने दुर्लभ तथा संरक्षित वन्यजन्तु चौसिङ्गा (चारवटा सिङ भएको मृग) निकुञ्जको मुख्य पहिचान हो। चौसिङ्गासँगै पाटेबाघ, हात्ती, गैँडा, चितुवा र विभिन्न प्रजातिका चराचुरुङ्गी अवलोकन गर्न पाउँदा यहाँ पुग्ने पर्यटक रोमाञ्चित हुन्छन्।

यसपटक पर्यटक आकर्षित गर्न निकुञ्ज र स्थानीय पर्यटन व्यवसायीले विशेष छुटसहित एक हजार रुपैयाँको नयाँ प्याकेजसमेत सार्वजनिक गरेका छन्। यसले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न थालेको छ। विशेषगरी मध्यमवर्गीय र युवा पर्यटकका लागि कम खर्चमै जङ्गल सफारी र वन्यजन्तु अवलोकनको अनुभव लिन यो प्याकेज उपयोगी भएको चौधरीले बताए।

“वर्षापछि जङ्गलको रूप नै फेरिएको छ। चारैतिर हरियाली र ताजा हावा छ,” चौधरीले भने, “जङ्गल सफारी पुनः सुरु भएसँगै पर्यटकको आगमन बढ्न थालेको छ। हामी उहाँहरूलाई स्थानीय परिकार र संस्कृतिले स्वागत गर्न आतुर छौँ।”

बाँके राष्ट्रिय निकुञ्जप्रति पर्यटकको आकर्षण बढ्दै गएको छ। निकुञ्जका प्रमुख वार्डेन वीरेन्द्रप्रसाद कँडेलका अनुसार आर्थिक वर्ष २०८२/८३ मा निकुञ्जमा एक हजार ४६६ पर्यटक पुगेका थिए। अघिल्लो आर्थिक वर्ष यो सङ्ख्या ६२० र २०८०/८१ मा ४४४ थियो। निजी क्षेत्रसँग समन्वय गरेर योजनाबद्ध रूपमा पर्यटन प्रवर्द्धनको काम अघि बढाइएको कँडेलले बताए।

बाघको सङ्ख्या दोब्बर

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या बढेर ५१ पुगेको छ। राष्ट्रिय बाघ सर्वेक्षण २०८२ को नतिजाअनुसार निकुञ्जमा बाघको सङ्ख्या २५ बाट बढेर ५१ पुगेको हो। सन् २०२२ मा निकुञ्जमा २५ बाघ थिए। निकुञ्जका प्रमुख संरक्षण अधिकृत कँडेलका अनुसार सन् २०१३ मा निकुञ्जमा बाघको सङ्ख्या चार थियो। सन् २०१८ मा यो सङ्ख्या बढेर २१ पुगेको थियो।

बाघको आहारा प्रजातिका लागि घाँसे मैदान व्यवस्थापन गरिएकाले बाघको सङ्ख्या बढेको कँडेलले बताए। “बाघको सङ्ख्या थपिँदै जाँदा मानव–वन्यजन्तु द्वन्द्वको विषयले ठूलो चुनौती थपिएको छ। तर साझा प्रयासबाट यसको समाधान खोज्न सकिन्छ,” उनले भने, “बाघबाट हुने क्षति कम गर्न र चोरीसिकार नियन्त्रणका लागि सधैँ चनाखो भएर काम हुँदै आएको छ। हामीले चुरे पहाडबाट पनि पानी ल्याएका छौँ र केही ठाउँमा सौर्य प्रविधिबाट वन्यजन्तुका लागि कृत्रिम पानीपोखरीको व्यवस्थापन गरेका छौँ।”

नेपाल सरकारले बाघ संरक्षणका लागि अन्तर्राष्ट्रिय समुदायसँग गरेको प्रतिबद्धताअनुरूप बाघको बासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले २०६७ असार २८ गते बाँके, दाङ र सल्यान जिल्लाको ५५० वर्ग किलोमिटर क्षेत्र समेटेर बाँके राष्ट्रिय निकुञ्ज स्थापना गरेको थियो। यो नेपालको दसौँ राष्ट्रिय निकुञ्ज हो।

निकुञ्जको पूर्वी सिमाना शिवखोला, पश्चिममा कोहलपुर–सुर्खेत राजमार्ग, उत्तरमा चुरे पर्वत र दक्षिणमा पूर्व–पश्चिम राजमार्ग रहेको छ। यो निकुञ्ज पाटेबाघ र हात्तीको महत्त्वपूर्ण बासस्थानका रूपमा रहेको छ।

जैविक विविधताका दृष्टिले निकुञ्जमा आठवटा पारिस्थितिक प्रणाली, १२४ वनस्पति प्रजाति, ३२ प्रजातिका स्तनधारी, ३०० भन्दा बढी प्रजातिका चरा, ५८ प्रजातिका माछा, २२ प्रजातिका सरीसृप तथा छ प्रकारका उभयचर पाइन्छन्। यस क्षेत्रमा ११ प्रजातिका दुर्लभ तथा सङ्कटापन्न स्तनधारी र ५० प्रजातिका अन्तर्राष्ट्रियस्तरमै दुर्लभ चरा रहेका छन्।

बाँके, दाङ र सल्यान जिल्लाको ३४३ वर्ग किलोमिटर क्षेत्र समेटेर निकुञ्जसँगै मध्यवर्ती क्षेत्र पनि घोषणा गरिएको थियो।

2