काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बिमालेख पुनर्जागरण गर्ने बीमितलाई विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट दिने भएको छ।
कम्पनीले आगामी २०८३ मंसिर २१ गतेसम्म लागू हुने गरी विशेष छुट योजना सार्वजनिक गरेको हो। योजनाअन्तर्गत व्यतित मितिबाट दुई वर्ष ननाघेका बिमालेख पुनर्जागरण गर्दा लाग्ने विलम्ब शुल्कमा ७५ प्रतिशत छुट दिइनेछ।
त्यस्तै, दुई वर्ष नाघेका तर चार वर्ष नपुगेका बिमालेख पुनर्जागरण गर्दा विलम्ब शुल्कमा २५ प्रतिशत छुट उपलब्ध गराइने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार यस्तो छुट सुविधा बिमा अवधिभर एकपटक मात्र लिन पाइनेछ। छुट सुविधामा पुनर्जागरण गरिएको बिमालेख पछि समर्पण गरिएमा छुट दिइएको विलम्ब शुल्कको सम्पूर्ण रकम समर्पण मूल्यबाट कट्टा गरिनेछ।
विभिन्न कारणले निष्क्रिय अवस्थामा पुगेका बिमालेखलाई पुनः सक्रिय गराई बीमित तथा उनीहरूको परिवारको आर्थिक सुरक्षा निरन्तरता दिन अभियान सञ्चालन गरिएको कम्पनीले जनाएको छ।
कम्पनीले योग्य बीमितलाई तोकिएको अवधिभित्र बिमालेख पुनर्जागरण गरी उपलब्ध छुट सुविधाको लाभ लिन आग्रह गरेको छ।
