काठमाडौं । रिद्धि सिद्धि सिमेन्टले घर निर्माणको सुरुवातलाई विशेष बनाउने उद्देश्यले ‘शिलान्यासमा रिद्धि सिद्धिसँग’ योजना सार्वजनिक गरेको छ।
योजनाअन्तर्गत रिद्धि सिद्धि सिमेन्ट प्रयोग गर्ने ग्राहकले ५ ग्राम चाँदीको सिक्कासहित शिलान्यासका लागि आवश्यक पूजा सामग्री प्राप्त गर्न सक्नेछन्। यसका लागि ग्राहकले आफ्नो निर्माण साइट दर्ता गर्नुपर्नेछ।
योजनामा सहभागी हुन ग्राहकले उपलब्ध गराइएको क्यूआर कोड स्क्यान गरी दर्ता फाराम भर्नुपर्नेछ। साथै, १०० बोरा वा सोभन्दा बढी सिमेन्ट खरिद गरेको मूल्य अभिवृद्धि कर (भ्याट) बिल अपलोड गर्नुपर्ने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार प्रत्येक निर्माण साइटले एउटा मात्र शिलान्यास बक्स प्राप्त गर्न सक्नेछ। ग्राहकको विवरण र भ्याट बिल प्रमाणीकरण भएपछि कम्पनीका प्रतिनिधिले निर्माणस्थलमै पुगेर शिलान्यास बक्स र चाँदीको सिक्का उपलब्ध गराउनेछन्।
यो योजना २०८३ मंसिर ४ देखि पुस ४ गतेसम्म सिमेन्ट खरिद गर्ने ग्राहकका लागि लागू हुनेछ।
नेपाली परम्परा र संस्कृतिसँग घर निर्माणको पहिलो चरणलाई जोड्दै ग्राहकलाई आवश्यक पूजा सामग्री उपलब्ध गराउने उद्देश्यले योजना ल्याइएको कम्पनीले जनाएको छ। गुणस्तरीय निर्माण सामग्रीसँगै ग्राहकको निर्माण यात्राका महत्त्वपूर्ण अवसरलाई विशेष बनाउने लक्ष्य रहेको कम्पनीको भनाइ छ।
