Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

प्रधानमन्त्रीको भारत भ्रमणमा महेन्द्रनगर हवाई प्रवेशमार्गको चर्चा

प्रधानमन्त्रीको भारत भ्रमणमा महेन्द्रनगर हवाई प्रवेशमार्गको चर्चा
A A+ A-

काठमाडौं: प्रधानमन्त्रीको भारतको राजकीय भ्रमणका क्रममा हवाई कनेक्टिभिटी विस्तारका विषयले प्राथमिकता पाउने चर्चासँगै सुदूरपश्चिमको महेन्द्रनगर हवाई प्रवेशमार्गको मुद्दा पुनः चर्चामा आएको छ। नेपालले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सहज बनाउन सन् २०१४ देखि नै भारतसँग थप हवाई प्रवेशमार्ग माग्दै आएको छ।

हाल एल-६२६ हवाई मार्गबाट अन्तर्राष्ट्रिय विमानलाई नेपालबाट बाहिरिन अनुमति भए पनि सोही मार्गबाट प्रवेश अनुमति छैन। यसका कारण नेपालका अधिकांश अन्तर्राष्ट्रिय उडान सिमराबाट प्रवेश गर्नुपर्ने बाध्यता छ। जानकारहरूका अनुसार यसले भैरहवा आउने विमानले करिब ३५२ किमी र पोखरा आउने विमानले २६९ किमी अतिरिक्त दूरी पार गर्नुपर्ने अवस्था छ। महेन्द्रनगरबाट प्रवेश अनुमति पाएमा समय र इन्धन बचत हुनुका साथै सञ्चालन खर्च घट्ने अपेक्षा गरिएको छ।

नेपाल उद्योग वाणिज्य महासङ्घ सुदूरपश्चिमका अध्यक्ष पुष्पराज कुवँरले यो मार्ग सञ्चालनमा आए पश्चिम नेपाल हवाई उडानको केन्द्र बन्ने बताए। उनले भने, ‘यो मार्ग सञ्चालनको माग पुरानै हो, यसको सञ्चालनले पश्चिम नेपाल हवाई उडानको केन्द्र बन्नेछ।’ कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दिनेश मल्लले पनि यसबाट हवाई भाडा घट्ने र विमान कम्पनी तथा यात्रु दुवैलाई सहज हुने विश्वास व्यक्त गरे।

नागरिक उड्डयन कार्यालय धनगढीका प्रमुख महेन्द्रबहादुर सिंहले महेन्द्रनगर मार्ग प्रयोगमा आए काठमाडौंको चाप घट्ने र धनगढी विमानस्थलको स्तरोन्नतिसँगै भविष्यमा थप लाभ मिल्ने बताए। यसैबीच नाट्टा सुदूरपश्चिमका संस्थापक अध्यक्ष मायाप्रकाश भट्टले राष्ट्रिय स्वार्थअनुसार निर्णयमा पुग्नुपर्ने र सुदूरपश्चिमका अन्य पूर्वाधार विकासका मुद्दालाई पनि प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए। प्रधानमन्त्रीले सोमबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ।

2