Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

म्याग्दीका किसानको धानखेतीबाट वार्षिक चार लाख आम्दानी

म्याग्दीका किसानको धानखेतीबाट वार्षिक चार लाख आम्दानी
A A+ A-

काठमाडौं: म्याग्दीको मङ्गला गाउँपालिका: ५ पीपलबोटका ६१ वर्षीय चक्रपाणि भण्डारीले पुर्ख्यौली पेसालाई निरन्तरता दिँदै धानखेतीबाट वार्षिक चार लाख रुपैयाँभन्दा बढी आम्दानी गरिरहेका छन्। उनले २३ रोपनी जग्गामा गौरिया र जेठोबुढो जातको धान खेती गर्दै आएका छन्।

भण्डारीले यस वर्ष ७० मुरी धान उत्पादन गरेका छन्। जसमध्ये ४५ मुरी गौरिया धान बिक्रीका लागि भण्डारण गरिएको छ भने २५ मुरी जेठोबुढो धान घरायसी उपभोग र आफन्तका लागि छुट्याइएको छ। उनले घरमै रहेको विद्युतीय मिलबाट धान कुटेर चामल बिक्री गर्दै आएका छन्। बेनी, पोखरा, काठमाडौँ र दरवाङसम्म गौरिया चामलको माग हुने गरेको छ। प्रतिपाथी एक हजार रुपैयाँमा बिक्री हुने गौरिया चामल वर्षमा ५०० पाथीसम्म खपत हुने गरेको भण्डारीले जानकारी दिए।

गौरिया धानको विशिष्ट बास्ना र स्वादका कारण व्यापारी, उच्चपदस्थ कर्मचारी र राजनीतिज्ञहरूको रोजाइमा पर्ने गरेको छ। म्याग्दी नदीको तटीय क्षेत्रमा खेती हुने भएकाले यसको नाम गौरिया रहन गएको स्थानीयको भनाइ छ। मङ्गला गाउँपालिकाका विभिन्न क्षेत्रमा यसको खेती हुँदै आएको छ। स्थानीय किसान छविलाल सापकोटाका अनुसार यस क्षेत्रबाट वार्षिक करिब दुई हजार ५०० मुरी गौरिया धानको चामल बिक्री हुने गरेको छ।

भण्डारीले धानलाई घुन र मुसाबाट जोगाउन काठको बाकसमा सुरक्षित भण्डारण गर्ने गरेका छन्। यातायात र सञ्चारको सुविधाले गर्दा अहिले फोनबाटै माग आउने र बैङ्क खातामार्फत भुक्तानी प्राप्त हुने गरेको उनकी बुहारी गीता सुवेदी भण्डारीले बताइन्। खेतीबाट भएको आम्दानीले उनले आफ्ना छोराछोरीलाई उच्च शिक्षा प्रदान गरेका छन्। यद्यपि, पछिल्लो समय रोपाइँ र बाली भित्र्याउने समयमा श्रमिकको अभाव हुँदा खेतीको लागत बढेको उनले बताए। उनले आफ्ना छोरानातिले पनि आधुनिक प्रविधिको प्रयोग गरी खेतीलाई निरन्तरता दिऊन् भन्ने चाहना व्यक्त गरेका छन्।

2