Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

इलामका महेशचन्द्र सापकोटा: अलैँची खेतीबाट आत्मनिर्भर

इलामका महेशचन्द्र सापकोटा: अलैँची खेतीबाट आत्मनिर्भर
A A+ A-

काठमाडौं: इलामको माइजोगमाई गाउँपालिका: ५ का महेशचन्द्र सापकोटाले विदेश जाने अवसरलाई त्यागेर स्वदेशमै अलैँची खेतीबाट सफलता हासिल गर्नुभएको छ। ३९ वर्षीय सापकोटाले विगत १२ वर्षदेखि ‘पूर्वेली कृषि तथा पशुपालन फर्म’ मार्फत अलैँची खेती र बिरुवा उत्पादन गर्दै आउनुभएको छ। २०७० सालमा पाँच-छ रोपनी जमिनबाट सुरु भएको उहाँको खेती अहिले ७० रोपनीमा फैलिएको छ।

सुरुवाती दिनमा अलैँचीको बजार मूल्यमा हुने उतारचढाव र रोगको जोखिम रहे पनि सापकोटाले हिम्मत नहारी आफ्नो व्यवसायलाई व्यावसायिक बनाउनुभयो। “विदेश जाने सोच कहिल्यै बनाइनँ। विभिन्न पेसा गरेर हेरेँ तर अन्ततः आफ्नै ठाउँमा केही गर्नु पर्छ भन्ने लाग्यो,” उहाँले भन्नुभयो। उहाँले अहिले भार्लाङ र जिर्मले जातका अलैँचीका बिरुवा उत्पादन गर्दै आउनुभएको छ। पछिल्लो सिजनमा उहाँले करिब ९३ हजार बिरुवा प्रतिगोटा १५ रुपियाँका दरले बिक्री गर्नुभएको छ भने चालु सिजनमा एक लाखभन्दा बढी बिरुवा बिक्री गर्ने लक्ष्य राख्नुभएको छ।

सापकोटाका अनुसार करिब एक लाख बिरुवा उत्पादन गर्न चार लाख रुपियाँ लागत लाग्छ र खर्च कटाएर वार्षिक १० देखि १२ लाख रुपियाँसम्म आम्दानी हुने गरेको छ। उहाँको फर्मबाट उत्पादित बिरुवाको माग इलामबाहेक पाँचथर, ताप्लेजुङ, तेह्रथुम, भोजपुर, सङ्खुवासभा, खोटाङ र ओखलढुङ्गामा समेत रहेको छ। माग धान्न उहाँले अन्य उत्पादकका बिरुवासमेत खरिद गरी बिक्री गर्ने गर्नुभएको छ।

यो व्यवसायले सापकोटालाई आत्मनिर्भर बनाउनुका साथै स्थानीय स्तरमा रोजगारीसमेत सिर्जना गरेको छ। अलैँची खेतीमा समय र मेहनतको विशेष महत्व हुने बताउँदै उहाँले उचित मल, सिँचाइ, गोडमेल र बोट व्यवस्थापनमा ध्यान दिन सके राम्रो उत्पादन लिन सकिने सुझाव दिनुभयो। अलैँची इलामको प्रमुख नगदे बालीमध्ये एक हो।

2